पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दर्ताका लागि कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला प्रहरी कार्यालयको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको रायबमोजिम मुद्दा दायर गर्नका लागि लामिछानेलाई कास्की प्रहरीले अदालतमा उपस्थित गराएको हो । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीको टोली पनि अभियोग पत्र लिएर अदालतमा उपस्थित भइसकेको छ ।
प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रूपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो । लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले सहकारी ठगीअन्तर्गत सामूहिक बिगो १ करोड ६२ लाख ६५ हजार, व्यक्तिगत बिगो १ करोड ७५ लाखसहित सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो कायम गर्नुपर्ने राय अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीमा गत वर्ष मुद्दा दायर भएका १९ जनाविरूद्ध कसूर र बिगो थप गर्दै पूरक अभियोगपत्र शुक्रबार नै अदालतमा दर्ता गरिसकेको छ । सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलाई संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन विरूद्धको कसूरमा मुद्दा चलाइएको छ ।
आज लामिछानेसँगै अन्य ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गर्ने भएको छ । पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङ विरूद्ध मुद्दा दर्ता गरिँदै छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । त्यसपछि लामिछाने हिरासतमा छन् । पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेको शुक्रबार ९० दिन पु¥याई सरकारी वकिलको कार्यालयले पुरक अभियोग पत्र दर्ता गरेको थियो ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्दा अधिकतम ९० दिन थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ । शुक्रबार राति १२ बजे उक्त म्याद सकिएको थियो । शनिबार बिदा भएकाले आइतबारमात्र अभियोगपत्र दर्ता गर्ने लागिएको हो । थुनछेक बहसपछि पुर्पक्षाका लागि थुनामा पठाउने, साधारण तारिखमा छाड्ने वा धरौटीमा छाड्नेमध्ये एक निर्णय अदालतबाट आउनेछ । शुक्रबार भने सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वअध्यक्ष जितेन्द्रबहादुर(जीबी) राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पुरक अभियोग दर्ता गरिएको थियो ।
शुक्रबार पुरक अभियोग दर्ता भएको मधये ६ पुर्पक्षका लागि कास्की कारागारमा छन् भने ३ जना अन्य जिल्लाका कारागारमा थुनामा छन् । प्रतिवादी बनाइएका १० जना फरार छन् । उनीहरू सबैविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध ऐन आकर्षित हुने सरकारी वकिलको कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)