हाइटीमा गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु

हाइटीमा गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु

goli

पोखरा । हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा आयोजित एउटा पत्रकार सम्मेलनमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । गोली लागेर दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

देशकै ठूलो सरकारी अस्पताल फेरि खोल्न लागिएको विषयमा आयोजित पत्रकार सम्मेलनमा गोली चलेको थियो ।

देशकै ठूलो सरकारी अस्पताल स्टेट युनिभर्सिटी अफ हाइटी अस्पताल फेरि खोल्न लागिएको विषयमा पत्रकार सम्मेलन भइरहेको समयमा गोली चलेको थियो । त्यो अस्पताल विद्रोही समूहले कब्जामा लिएको थियो ।

विद्रोही समूहलाई हटाएर सरकारले अस्पताल खोल्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री पनि उपस्थित हुने कार्यक्रम थियो । तर स्वास्थ्यमन्त्री उपस्थित भएका थिएनन् ।

आक्रमणको जिम्मा विव अन्सनम समूहले लिएको बीबीसीले जनाएको छ । क्यारेबियन देश हाइटी लामो समयदेखि द्वन्द्वको चपेटामा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds