पोखरा । आज ‘तोल ल्होसार’ पर्व । हिमाली क्षेत्रमा बसोबास गर्नेहरुले नयाँ वर्षका रूपमा धुमधामका साथ मनाउँदै छन् ।
प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन विशेष गरी हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा यो पर्व मनाइन्छ । तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ । ‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ ।
तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधिअनुसार यो पर्व मनाइन्छ । सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्दछ ।
तामाङ जातिले आजको एक महिनापछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन् । तोल ल्होसार भुटान र तिब्बतका केही स्थानमा अहिले पनि मनाउने गरिएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ ।
हिमाली क्षेत्रका मानिस आज स्नान गरी शुद्ध हुन्छन् । घर, आँगन लिपपोत गरी चोखो बनाउँछन् । लामा पुरोहित वा घरका मुख्य मान्छेबाट पूजापाठ गरिन्छ ।
आकाशतर्फ गहुँको पीठो फ्याँकेर देवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने परम्परा रही आएको छ । ठूला, बडा एवं मान्यजनबाट आशीर्वाद लिइ बाबरी रोटी, फुरौला, कन्दमूल खाने गरिन्छ । । गुरुङ समुदायले हिजो तमु ल्होसार धुमधामका साथ मनाएका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप
आज महाशिवरात्रि, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
बालाचतुर्दशीमा पशुपतिनाथ तथा शिवालयहरूमा शतबीज छर्नेको घुइँचो
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ