गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि आयोजना गर्ने बृहत खेलकुद महोत्सवको तयारी तीब्रताका साथ अगाडि बढाएको छ । महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीका अनुसार अघिल्ला दुई महोत्सवभन्दा थप परिस्कृत र भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको छ ।
वडा स्थित विभिन्न संघसंस्थाले पनि सहयोगी हात अघि बढाएका छन् । बालबालिकाको क्षेत्रमा कार्यरत ‘राईट फर चिल्ड्रेन’ ले पनि संस्थागत सहयोग गर्ने भएको छ । खेलकुद महोत्सव सहयोगार्थ उक्त संस्थाले दुई लाख ५० हजार रकम प्रदान गर्ने सम्झौता भएको छ । संस्थाले फोटो तथा भिडियोग्राफी, डिजिटल बोर्ड डिस्प्ले, खेलाडी जर्सी, साउण्ड सिस्टम तथा टेन्ट, कुर्ची व्यवस्थापनका लागि सहयोग गर्नेछ ।
वडा कार्यालयका तर्फबाट वडा अध्यक्ष तोरणबहादुर बानियाँ तथा ‘राईट फर चिल्ड्रेन’का तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृति श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा महोत्सव संयोजक एवं वडा सदस्य आशिष भण्डारी, वडा सदस्य बलराम पौडेल, वडा सचिव युवराज पौडेल, ‘राईट फर चिल्ड्रेन’ का परियोजना प्रवन्धक सन्तोष गुरूङ, अधिकृत लक्ष्मी गौतमलगायतको उपस्थिति रहेको थियो ।
वडाध्यक्ष बानियाँले वड़ा खेलकुद महोत्सवको अवधारणा अनुरुप स्थानीय तहमा खेलकुदको माध्यमवाट समुदायको सर्वांङ्गिण विकास गर्न केन्द्रित रही महोत्सवलाई निरन्तरता दिइएको बताए । उनले यस्ता गरिमाामय संघसंस्थाको सहयोगबाट वडा उत्साहित बनेको र आफूहरुको अभियानलाई अघि बढाउन मद्धत पुग्ने बताए ।
‘राईट फर चिल्ड्रेन’ ले पोखरा १५ मा समुदायमा आधारित कार्यक्रम शिशु स्याहार केन्द्र (ईसीडी) शिवशक्ति टोल, निर्मल टोल, गैह्री गाउँ र पट्नेरीमा सञ्चालन गरिरहेको छ । यस्तै, स्वास्थ्य शिविरहरु, शिक्षा सम्बन्धी कार्यक्रममा पनि सहयोग गरिरहेको छ । बालबालिकालाई पूरक कक्षा, माध्यमिक तहका विद्यार्थीहरूलाई वृत्ति परामर्श दिएर वडासँग समन्वय सहकार्य गरिरहेको परियोजना प्रवन्धक सन्तोष गुरुङले बताए ।
वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो । माघ ६ गतेसम्म पाँच दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुनेछ ।
‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या र पुरस्कार राशीमा वृद्धि गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडा स्थित विभिन्न संघसंस्थाका खेलकुद स्थलमा प्रतियोगिता सञ्चालन हुनेछ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो