काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले रिचार्ज भ्यालिडिटी घटाएको विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि सुटुक्क सच्याएको छ ।
कम्पनीले आफ्नो वेबसाइट तथा मोबाइल एपमा रिचार्ज कार्डको भ्यालिडिटी बढाएर करिब नेपाल टेलिकम सरह कायम गरेको हो ।

यससँगै अब ५० देखि ९९.९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकले ३० दिनको भ्यालिडिटी पाउनेछन् भने १०० देखि १९९.९९ रुपैयाँसम्मको रिचार्जमा ६० दिनको मान्य अवधि दिइएको छ । यसैगरी २०० देखि २९९.९९ रिचार्जमा १४० दिन, ३०० देखि ४९९.९९ सम्मको रिचार्जमा २०० दिन, ५०० देखि ९९९.९९ रुपैयाँसम्मको रिचार्जमा ३६० दिन र १००० वा सोभन्दा माथिको रिचार्जमा ७३० दिनको भ्यालिडिटी कायम गरिएको छ ।
जब कि केही महिना यता कम्पनीले १,००० रुपैयाँको रिचार्जमा ९० दिनको मात्र भ्यालिडिटी दिँदै आएको थियो । त्यस्तै रिचार्जको मान्य अवधि ५० देखि ९९ रुपैयाँसम्मका लागि ७ दिन, ५०० देखि ९९९ सम्म ५० दिन र १००० देखि माथिका लागि ९० दिन राखिएको थियो ।
लामो समयसम्म सिम एक्टिभ रहने हुँदा सित्तैमा इनकमिङ कल मात्र लिने तथा कम्पनीको आम्दानीमा योगदान नदिने ग्राहकलाई निरुत्साहित पार्न एनसेलले भ्यालिडिटी अवधि घटाएको थियो । तर अहिले आएर कम्पनीले सो नीति परिमार्जन गरेको हो ।
सम्बन्धित खबर
कारबाट झरेर पैदलयात्रीलाई मुक्का हान्ने पक्राउ
आज महाशिवरात्रि, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
आज २६३औँ सेना दिवस : टुँडिखेलमा विशेष समारोहको आयोजना
नक्कली पिएचडी देखाएर जागिर खाने त्रिविका सह–परीक्षा नियन्त्रकलाई ६ महिना जेल
इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग रोक्न सर्वोच्चको अन्तरिम आदेश
वरिष्ठ कलाकार सुनिल थापाको निधन
यो पनि पढौँ
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु