नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा फिल्म ‘पुष्पा २’को विशेष शोमा भएको भागदौडमा घाइते भएका बालक भेट्न पुगेका छन् ।
मंगलबार अल्लु बेगमपेटमा रहेको किम्स अस्पताल श्रीतेजलाई भेट्न गएका हुन् । सोही घटनामा बालककी आमाको मृत्यु भएको थियो । अभिनेता बालकको स्वास्थ्य स्थितिबारे जानकारी लिन अस्पताल पुगेको बताइएको छ ।
अस्पताल परिसरमा कडा पारिएको थियो सुरक्षा व्यवस्था
समाचार एजेन्सी एएनआईका अनुसार अल्लु अर्जुन आज बिहान तेलंगानाको बेगमपेटको किम्स अस्पताल पुगेका थिए । यस अस्पतालमा भागदौडमा घाइते भएका बालकलाई भर्ना गरेर राखिएको छ । अल्लु अस्पताल पुग्दा त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सार्वजनिक भएको भिडियोमा अस्पताल परिसरमा भारी सुरक्षा बल तैनाथ गरिएको देखिन्छ । श्रीतेजको स्वास्थ्य अवस्था बुझेर अल्लु अस्पतालबाट हिडेका थिए ।
कस्तो छ बालकको अवस्था ?
श्रीतेजको स्वास्थ्य अवस्था अहिले सुधार भइरहेको बताइएको छ । उनलाई चिकित्सकको निगरानीमा राखिएको छ । सन्ध्या थिएटर भागदौड प्रकरणमा अल्लु अर्जुनविरुद्ध कानुनी कारबाही चलिरहेको छ । यसैबिच अल्लु अर्जुन श्रीतेजलाई भेट्न पुगेका हुन् ।
घाइते बालक अहिले पनि भेन्टिलेटरमै छन् । उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । डिसेम्बर २४ देखि उनको अवस्थामा सुधारको सकारात्मक संकेतहरू देखिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन