पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन, सम्पत्ति शुद्धीकरण, संगठित अपराध मुद्दामा जिल्ला अदालत कास्कीले सातै जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार साँझ अदालतका न्यायाधीश नीतिज राईको इजलासले यस्तो आदेश दिएको छ ।
जसमा सबैभन्दा धेरै पूर्वडीआइजी छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ । उनी गत असोज २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
उनलाई कास्की प्रहरीले हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएकामा अदालतले बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो ।
यसैगरी अदालतले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
यस्तै अदालतले सोही मुद्दामा लीला पछाईलाई ३७ र व्यवसायी रामबहादुर खनाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।
यस्तै, सोही सहकारी प्रकरणमा सहकारीका कोषाध्यक्ष आरती गुरुङ र पूर्व उपाध्यक्ष मीना गुरुङलाई जनही पाँच लाख तथा कृष्णबहादुर गुरुङलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
अदालतले सात जनाबाट दुई करोड १६ लाख रुपैयाँ धरौटी माग गरेको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।
अदालतमा यही पुस १६ गतेदेखि सात जना प्रतिवादीको थुनछेक बहस भइरहेकामा आज सकिएको थियो ।
यसैबीच लामिछानेसहितका सातै जनाले आज धरौटी रकम बुझाउन सके रिहा हुनेछन् भने नसके कारागार चलान हुनेछन् ।
लामिछानेसहित चार जनाले धरौटी रकम बुझाए पनि रिहा भने हुने छैनन् । काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा चलिरहेकाले रिहा भएलगत्तै पक्राउ गरी काठमाडौँ पठाउने तयारी भइरहेको छ ।
काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको रमक अपचलन मुद्दा जिल्ला अदालतमा पुर्याइएको छ । सोही सहकारी प्रकरणमा लामिछाने, जोशी, पछाई र खनाललाई नियन्त्रणमा लिएर काठमाडौं पठाइने प्रहरीले जनाएको छ ।
सहकारी ठगी र संगठित अपराधको कसुरमा आइतबार मात्रै ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले छ सय ९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार चार सय ९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । यता, गुरुङत्रय भने धरौटी रकम बुझाएर रिहा भएका छन् ।
अदालतको आदेशसँगै अब मुद्दाको थप सुनुवाइ प्रक्रिया अघि बढ्नेछ । अदालतका श्रेस्तेदार राजन खनालका अनुसार अदालतले थुनछेक आदेश दिएको र अब सुनुवाइको अन्य प्रक्रिया सुरु हुनेछ ।
मुद्दाको कारबाही अदालतमा बल्ल सुरु भएको र अब प्रमाण बुझ्ने काम हुने, साक्षीको बकपत्र हुने र प्रमाण बुझेर फैसलाको प्रक्रियामा जाने उनले बताए ।
यो थुनछेक आदेश भएकाले चित्त नबुझे उच्च अदालतमा निवेदन दिन सक्ने पनि उनको भनाइ छ । अदालतमा थुनछेक आदेशपछि मुद्दाको सुनुवाइ प्रक्रिया लामो समय चल्ने उनले बताए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्