पोखरा । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा पोखरामा शनिबार ‘एकता सभा’ हुने भएको छ । राष्ट्र गौरव अभियानले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा विगतमा जसरी नै कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक मेजर गणेशबहादुर पौडेल क्षेत्रीले बताए ।
सभाअघि चिप्लेढुंगाबाट न्यूरोड, सभागृह चोक हुँदै पृथ्वीचोकसम्म विभिन्न जातजाति, भेषभुषासहितको र्यालि निकालिने छ । बिहान ११ बजे र्याली सुरु हुने र दिउँसो एक बजे पृथ्वीचोकमा सभा गरिने अभियानका प्रवक्ता अरुण गिरीले जानकारी दिए । ‘पुस २७ भनेको एकता दिवस हो । यो एकताको एउटा चाड नै हो भन्दा फरक पर्दैन,’ उनले भने, ‘एकताकै सन्देश दिन विभिन्न जातजातिको भेषभुषासहितको र्याली हुन्छ । एकताको भावना होस् भनेर कार्यक्रमलाई नै एकता सभा नाम राखेका छौं ।’
सभामा प्रा.डा रमेश ढुंगेलले पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गर्ने छन् । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री विन्दुकुमार थापा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाको सहभागिता रहने छ ।
नेपाल ठकुरी संगम परिवार, कास्की, विश्व हिन्दु महासंघ कास्की, क्षेत्री समाज कास्की, ब्राह्मण समाज कास्की, नेपाल दशनामी समाज कास्की, विश्वकर्मा समाज कास्की, स्वतन्त्र नागरिक समाज नेपाल, पतञ्जली सेवा समिति कास्की, इस्लामिक कल्याणकारी समाज कास्की, जलारी समाज कास्की र भू.पू सैनिक संगठन कास्की यो कार्यक्रमका सहआयोजक हुन् ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा