दमौली । तनहुँको ऋषिङ्ग गाउँपालिकाले आयोजना गरेको ‘चौथो ऋषिङ्ग अल्ट्रा म्याराथन २०८१’ मा नेपाली सैनिकका हुमलाल श्रेष्ठले उपाधी जितेका छन्। ४२.२ किलोमिटरको दूरी पार गर्दै श्रेष्ठले यस म्याराथनको पहिलो स्थान हासिल गरे।
प्रतियोगितामा नेपाली सैनिकका राजन येयोङबाले दोस्रो र जुनेश खड्काले तेस्रो स्थान प्राप्त गरे। प्रतियोगिता ऋषिङ्ग गाउँपालिकाको वडा नं. ८ को धारुङबाट सुरु भई वडा नं. ३ को दुबुङ भ्युटावरमा समापन भएको हो ।
विजेताहरुलाई पुरस्कार वितरण गदै गण्डकी प्रदेशका सांसद जित प्रकाश आलेले स्थानीय खेलकुद प्रतियोगिताहरूका साथै म्याराथन जस्ता आयोजनालाई समाजको समृद्धि र एकताको माध्यमका रूपमा देख्नुपर्ने बताए । उनले भने, “म्यारथन स्थानीय समुदायको सामाजिक, शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ । ”
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले आयोजनाले स्थानीय स्तरमा समृद्धि र भाइचारा बढाउन मद्दत पु¥याउने बताए । उनले भने,“ खेलकुदले युवाहरूलाई केवल शारीरिक रूपमा मात्र फिजिकल फिट बनाउन होइन, उनीहरूको मानसिक सुदृढता र समाजिक दायित्व बोधलाई पनि प्रगति दिलाउँछ।” ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै भने, “हामी खेलकुदको माध्यमबाट हाम्रो गाउँपालिकालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन चाहन्छौं। यस प्रतिस्पर्धाले हाम्रो गाउँपालिकाको विकास र समृद्धिमा ठूलो योगदान पुर्याएको छ। हामी यो अवसरलाई भविष्यमा अझ सुधार र उत्कृष्टताका साथ आयोजना गर्न चाहन्छौं।”
व्यास नगरपालिकाका संस्थापक नगरप्रमुख तारा प्रसाद श्रेष्ठले खेलकुदले युवाहरूलाई प्रभावित गर्ने सँगै समुदायलाई पनि समृद्ध बनाउन मद्दत पु¥याउने बताए ।
दुबुङमा रत्नहरिको बृहत स्वास्थ्य शिविर
चौथो ऋषिङ्ग अल्ट्रा म्याराथनको समापन समारोहसँगै ऋषिङ्ग गाउँपालिकाले रत्नहरि मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा दुबुङमा स्वास्थ्य शिविरको आयोजना गरेको थियो।
शिविरमा ३०० भन्दा बढी बिरामीहरूले स्वास्थ्य सेवा लिएका छन्।

शिविरमा बाल रोग विशेषज्ञ डा. सुनिल तामाङ, मेडिकल अफिसर डा. प्रदिप थापा, र डा. राजेश गुप्तालगायतका चिकित्सकहरूले बिरामीहरूको उपचार गरे। स्वास्थ्य शिविरमा उपस्थित अधिकांश बिरामीहरूले रक्तचाप, सुगर, हातखुटा दुख्ने, पेट दुख्ने जस्ता सामान्य समस्याहरू लिएर सेवा लिएका थिए। रत्नहरि मेमोरियल अस्पतालका व्यवस्थापक लिलाबहादुर थापाले भने, “स्वास्थ्य शिविरको आयोजनाले स्थानीय समुदायलाई उपचार र स्वास्थ्य सेवासँग जोड्ने हाम्रो प्रमुख उद्देश्य हो। यसले हाम्रो समुदायलाई स्वास्थ्य सेवामा सजिलो पहुँच दिन्छ।“
रत्नहरि मेमोरियल अस्पतालका चिकित्सकहरूले बिरामीहरूलाई विभिन्न स्वास्थ्य समस्याहरूको उपचार गरेका थिए। गएको १ महिनामा मात्र उक्त अस्पतालले विभिन्न ठाउँमा गरि तीन वटा बृहत शिविर सम्पन्न गरेको छ ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा