तनहुँ । तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्ला गण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८१ शनिबार प्रदान गरिएको छ । रेडियोको नवौं वार्षिक साधारणसभा एवम् छैटौं अधिवेशन सँगै शुनपा– ९ स्थित सुरौदी दोभानमा शनिबार आयोजित कार्यक्रममा नेपाल एफएम नेटवर्क प्रालि काठमाडौँका प्रबन्ध निर्देशक गोविन्द खड्का, रेडियोका संस्थापक अध्यक्ष एवम् छनौट समितिका संयोजक नारायण कुमार श्रेष्ठ, अध्यक्ष ऋषेश्वर भुवाई ऋतु लगायतले उनीहरुलाई सम्मान गरे ।
साहित्यतर्फ भिम रानाभाट (ज्यालादारी) पत्रकारिता तर्फ पत्रकार प्रकाशचन्द्र भट्टराई र समाजसेवा तर्फ देउ बहादुर गुरुङ सम्मानित भए । पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०/१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मान तर्फ नगद ५ हजार र प्रमाण पत्र रहेको छ । तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्य एक र खोज पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्ला गण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति सम्मानित भएका हुन् ।
साहित्य तर्फ पुरस्कृत भएका रानाभाट विद्यालय अध्ययन सँगै साहित्य तर्फ रुचि राख्ने गरेका थिए । रानाभाटको पहिलो कविता २०४४ सालमा “नयाँवर्ष “ शिर्षकको धरा साहित्य मासिकमा छापिएको थियो । म्याग्दे–२ माजन्मिएका उनका आधि दर्जन कृति प्रकाशित छन् । विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित रानाभाटले आधि दर्जन बढि साहित्य सँग सम्बन्धित पुस्तकहरुको सम्पादन, सह–सम्पादन र व्यवस्थापन गरेको अनुभव छ ।
यस्तै पत्रकारिता तर्फ पुरस्कृत पत्रकार भट्टराई दमौलीमा रहेर क्रियाशिल छन् । व्यास–१४ केशवटारमा जन्मिएका उनी व्यास–२ मा रहेर पत्रकारिता गर्दै आएका छन् । वि.स.२०५७ सालमा हाम्रो संकल्प साप्ताहिकबाट पत्रकारिता शुभारम्भ गरेका भट्टराई हाललोकवाणी दैनिकका सम्पादक हुन् । भट्टराई नेपाल पत्रकार महासंघ तनहुँ शाखाका पूर्व अध्यक्ष हुन् । उनी प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ तनहुँ, प्रेस चौतारी तनहुँलगायतका संस्थाबाट प्रदान गरिएको पुरस्कारबाट पुरस्कृत भईसकेका छन् ।
समाज सेवा तर्फ सम्मानित ८४ वर्षीय गुरुङ भारतीय सेनाबाट निवृत्त भएपछि यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा निरन्तर क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । तत्कालिन फिरफिरे गाविस वडा नं. ६ का अध्यक्षमा निर्वाचित उनी त्यसअघिको निर्वाचनमा वडा सदस्य भएका थिए । शुक्लागण्डकी–१२ मा बस्दै आएका उनी मोटरमार्ग, सामुदायिक विद्युत, गुरुङ समाज लगायतका सामाजिक संस्थामा रहेर समाज सेवामा क्रियाशिल छन् ।
यस्तै, कार्यक्रममा सम्मानित व्यक्तिको परिचय समाज सेवातर्फ गुरुङको राजन रिमाल, पत्रकारिता तर्फका भट्टराईको कमल मोहन घिमिरे र साहित्य तर्फका रानाभाटको नारायण कुमार श्रेष्ठले दिएक ाथिए । कार्यक्रममा उत्कृष्ट स्रोता शुनपा–१० का खिम बहादुर थापा, उत्कृष्ट विज्ञापनदाता दिपशिखा अटो ट्रेड, शुक्लागण्डकी–४ का सञ्चालक दीपक नेपाली, ४ सय, ६ सय, ८ सय, १ हजार पसल, शुक्ला गण्डकी–४ का प्रोपाइटर नारायण अधिकारी, पोख्रेल मोबाइल इलेक्ट्रोनिक्सका सञ्चालक धर्मराज पोख्रेल (विनोद) र उत्कृष्ट कर्मचारी कार्यक्रम प्रस्तोता संगम विक (सपना) सम्मानित भए ।
सो अवसरमा बोल्दै नेपाल एफ.एम. नेटवर्कका प्रबन्ध निर्देशक गोविन्द खड्काले रेडियो हुर्काउन पछिल्ला दिनमा चुनौती थपिदै गएको बताए । हामीले रेडियो सहज तरिकाले जन्मायौैं । देशमा १ हजार १ सय रेडियो दर्ता भएकोमा प्रभावकारी ढंगबाट थोरै संख्यामा चलेका छन् । उनले अगडी भने, त्यसैले रेडियो जन्माउनेले नै बन्दगर्न थालेका छन् । यो निकै चुनौतीपूर्ण अवस्था हो । दुई दशक बढि रेडियोको अनुभव संगालेका खड्काले शुक्ला गण्डकी एफ.एम.ले आगामी दिनमा अन्य विधालाई पनि समेटेर अगाडी बढ्नु पर्नेमा जोड दिए ।
सम्मानित व्यक्ति प्रकाशचन्द्र भट्टराईले सञ्चार माध्यमले भुइ मान्छेको कुरा उठाउनु पर्नेमा जोड दिए । साहित्यकार भिम रानाभाटले रेडियोको सम्मानले थप जिम्मेवारी वहन गराएको बताए । समाजसेवी देउ बहादुर गुरुङले पहिलो पटक सम्मानित भएकोमा खुसी व्यक्त गर्दै हातखुट्टा चल्दासम्म समाज सेवा मै खर्चिने उल्लेख गरे ।
पुरस्कृत एवं सम्मानित व्यक्तित्व छनौटका लागि रेडियोका पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गरिएको थियो । समिति सदस्यहरुमा रेडियोका उपाध्यक्ष सरस्वती सिग्देल ‘लक्ष्मी’ र सल्लाहकार कमल मोहन घिमिरे रहेका थिए । पूर्ण स्मृति शुक्ला गण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०७९ बाट पत्रकारिता तर्फ विश्वबन्धु भण्डारी, साहित्यतर्फ शेषमणि आचार्य र समाजसेवा तर्फ भक्त बहादुर रिमाल सम्मानित भएका थिए । यसैगरी २०८० बाट पत्रकारिता तर्फ विकास खनाल, साहित्य तर्फ सागर उदास र समाज सेवामा नन्दराज थापा सम्मानित भएका थिए ।
रेडियोका शेयर धनी सदस्य, शुभेच्छुक बाट स्वतस्फूर्त र केही रकम उनको परिवारबाट जम्मा गरी ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले प्रत्येक वर्ष ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिदै आएको छ । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।
रेडियोका अध्यक्ष ऋषेश्वर भुवाईको अध्यक्षतामा भएको कार्यक्रममा शेयर धनी सदस्य वातावरणविद एकराज सिग्देल, उपाध्यक्ष सरस्वती सिग्देल, शेयर धनी सदस्यको तर्फबाट रघुनाथ पौडेल, कोषाध्यक्ष टिकाराम श्रेष्ठ लगायतले बोलेका थिए ।
नयाँ समिति सर्वसम्मत
तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्ला गण्डकी एफ.एम. ९७.६ मेगाहर्जको अध्यक्षमा शिवपौडेल सर्वसम्मत भएका छन् ।
शनिबार शुनपा–९ स्थित सुरौदी दोभानमा आयोजित नवौं वार्षिक साधारणसभा एवम् छैटौं अधिवेशनबाट निर्वतमान अध्यक्षमा ऋषेश्वर भुवाई ऋतु, उपाध्यक्षमा आनन्द सुन्दर श्रेष्ठ, सचिवमा टिकाराम श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र पौडेल, सह–सचिवमा विवेक वाग्ले रहेका छन् ।
सदस्यहरुमा तिर्थराज खनाल, विर्सना श्रेष्ठ प्रविण श्रेष्ठ, विपिन रिमाल चयन भए । लेखा समिति संयोजकमा मुक्ति प्रसाद शर्मा र सदस्यहरुमा कलम चन्द्र लम्साल र धर्मराज पोख्रेल (विनोद) रहेका छन् ।
निर्वाचन समितिका संयोजक एकराज सिग्देल र सदस्यहरु राजन रिमाल र विपिन वाग्ले रहेको निर्वाचन समितिले सर्वसम्मत निर्वाचन सम्पन्न गराएको हो ।
सम्बन्धित खबर
तनहुँको एक सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
तनहुँमा ग्याँस बुलेट दुर्घटना हुँदा चालकको मृत्यु
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
१० औं गामी छाक्रा कप भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम माघ १८ देखि
तनहूँ दुर्घटना [अपडेट]: मृतक दुई जना आमाछोरा
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा