कास्की जिल्लाको मानव अधिकारको अबस्थाका सम्बन्धमा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा सरोकारवाला निकायहरूसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।
पौडेलले मानव अधिकार सम्बन्धि पाचौं राष्ट्रिय कार्ययोजना र अबका बाकी दायित्वका सन्दर्भमा प्रकाश पार्नुभएको थियो। पौडेलले मानव अधिकार कानुन र ऎन नियम र कानुनको कडाइका साथ कार्यान्वयनको विकल्प नभएको भन्दै कास्की जिल्ला मानव अधिकार मैत्री जिल्ला बनाउन सबैको सामुहिक प्रयास जरुरी भएकी बताउनुभयो ।
कार्यक्रममा इन्सेक पोखराका कार्यक्रम अधिकृत सबनम शर्माले मानव अधिकार सम्बन्धि पाचौं राष्ट्रिय कार्ययोजना सहित मानब अधिकारको बिश्वब्यापी घोषणा पत्र सन १९४८, मानव अधिकारको परिपालनमा जिल्ला तथा पालिकास्तरिय समितिको भुमिका र जिम्मेवारी सम्बन्धमा अबधारणा पत्र पेश गर्नुभएको थियो।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका अधिकृत मोहन काफ्लेले संयुक्त राष्ट्र संघ मानव अधिकार सम्बन्धि सन १३२५ र १८२० का प्राबधान र कार्यान्वयनमा रहेका चुनौतीको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा कास्कीका जिल्ला न्याधिबक्ता कमला काफ्ले , राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका प्रमुख नितु गड्तौला , नागरिक समाजका अगुवा राम बहादुर पौडेल , गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य बिना सिलवाल ,गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा सहितले कास्कीको मानव अधिकारको अबस्था, कार्यान्वयन र चुनौती सन्दर्भमा आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।
अन्तरक्रीयामा मानव अधिकार सम्बन्धि सरकारी निकाय ,कास्कीस्थित पालिकाका प्रतिनिधि सहित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराजले गर्नुभएको थियो ।
सम्बन्धित खबर
कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
सापकोटाको बहुआयामिक कविता संग्रह ‘युगान्तर’ प्रकाशित
होराइजन वालिङले जित्यो कालीगण्डकी गोल्डकपको उपाधि
स्याङ्जाको बिरुवामा झाडीभित्र भेटियो भरुवा बन्दुक
स्याङ्जामा २ हजार ५७२ मतदाताको नाम सूचीबाट हटाइयो
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
इनम सापकोटा बालेनकै विचौलिया हुन्, निर्वाचन क्षेत्रमा सर्भेमा खटिएका थिएः सूर्य थापा
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !