पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने ‘पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८१ को संयोजकको जिम्मेवारी रामकृष्ण ज्ञवालीले पाएका छन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको बैठकले उनलाई संयोजकको जिम्मेवारी सुम्पिएको हो । संयोजकको जिम्मेवारी पाएका ज्ञवाली समाधान दैनिकका प्रधान सम्पादक हुन् ।
उनी टाइगर ग्रुप अफ पोखरा नेपालको संस्थापक कार्यसमिति सदस्य हुन् । उनी नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष समेत रहिसकेका छन् । चौथो संस्करणको प्रतियोगिताको संयोजकमा दीपक कार्की थिए ।
एनसेलले मुख्य प्रायोजन गर्ने
एनसेलले टाइगर कपलाई यस वर्षदेखि मुख्य प्रायोजन गर्ने भएको छ ।टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा पौडेल र एनसेलका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
एनसेल मुख्य प्रायोजक बन्ने सम्झौता पत्रमा एनसेलको प्रायोजनपछि प्रतियोगिताको नाम ‘एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८१’ भएको छ ।
टाइगर कपको पाँचौ सस्करण माघ १२ गतेदेखि १९ गतेसम्म पोखरा रंगशालामा हुँदैछ । प्रतियोगितामा नेपाल र विदेशका गरी १२ टिमको सहभागिता रहनेछ । पुरुषका ६ र महिलाका ६ टिमबीच प्रतिस्पर्धा हुने खेल लिग कम नक आउटका आधारमा खेलाइनेछ ।
प्रतियोगिता विजेता महिला÷पुरुषतर्फका टिमहरुलाई समान रशिको पुरस्कार व्यवस्था गरेका गरिएको छ । यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको क्लबका सचिव डिबी नेपालीले जानकारी दिए । यो वर्ष गरी प्रथम हुनेलाई ५ लाख ८५ हजार ५सय ५५, द्वितीयलाई २ लाख ८५ हजार ५ सय ५५ र तीतृयलाई १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिनेछ ।
सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद २५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाण– पत्र प्रदान गरिने छ । साथै, विधागततर्फ विजेता खेलाडीलाई एक्सटेप फेसनको जुत्ता उपहारको व्यवस्था गरेका छौं ।
प्रत्येक म्याचमा टाइगर अफ दि म्याच हुन सफल खेलाडीलाई केल्मी नेपालको तर्फबाट एक थान सोभिनियर भलिवल प्रदान गरिने सचिव नेपालीले बताए । यस वर्ष प्रत्येक दिन टिकट काटी प्रवेश गर्ने भाग्यशाली दर्शकलाई एक्सटेप फेसन नेपालको तर्फबाट एक थान टिसर्ट प्रदान गरिने क्बलले जनाएको छ ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो