पोखरा। टाइगर ग्रुप अफ नेपालको आयोजनामा माघ दोस्रो सातादेखि पोखरा रंगशालामा हुने टाइकर कप भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६/६ टिमले भाग लिने भएका छन् ।
एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता यस क्षेत्रमा हुने सबैभन्दा ठूलो राशिको भलिबल प्रतियोगिता हो । प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले मंंगलबार विज्ञप्ति जारी गर्दै टिमबारे जानकारी दिएका हुन् ।
उनका अनुसार पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, श्रीलंकन भलिबल टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले भाग लिने छन् ।
महिलातर्फ नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड र आयोजकको टिमले भाग लिने छन् । आयोजकले महिलातर्फ पहिलोपल्ट टिम उतार्न लागेको हो ।
१२–१९ माघसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा संचालन हुने प्रतियोगितामा पुरुष तथा महिलातर्फ विजेताले ५ लाख ८५ हजार ५५५ रुपैयाँ, उपविजेताले २ लाख ८५ हजार ५५५ र तेस्रोले १ लाख ८५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट हुने खेलाडी (महिला/पुरुष दुवै) ले जनही २५ हजार ७७७ प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकले जनही १० हजार ५५ रुपैयाँ साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजक क्लब अध्यक्ष नारायणप्रसाद शर्मा बताउँछन् ।
गत चौंथो संस्करणको उपाधि पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ एपिएफले जितेका थिए । हेल्प नेपालले घरेलु टिम गण्डकीलाई ३–१ को सेटमा र महिलातर्फ एपिएफले न्यू डायमण्डलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ