पोखरा । आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हेर्ने दर्शकलाई खुसीको खबर छ । प्रत्येक दिनको टिकटमा गोलाप्रथाद्वारा १ दर्शकले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सक्ने छन् ।
सो पुरस्कारवापत्को रकम सहारा एफसी युकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले प्रायोजन गरेका हुन् । सो सम्बन्धमा मंगलबार आयोजक सहारा क्लब पोखरामा आयोजित समारोहमा क्लब अध्यक्ष केशवराज बराल र श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको प्रतियोगिता संयोजक एवं क्लब वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।
युके निवासी श्रेष्ठलाई पोखरा आएको बखत क्लबले स्वागत सम्मानसमेत गरेको थियो । माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा हुने २४ औं संस्करणको सो
प्रतियोगितामा १२ टिमले भाग लिँदै छन् । तीमध्ये १० टिम टुंगो लागिसकेको छ । जसमा त्रिभुवन आर्मी क्लब, थ्रि स्टार, मछिन्द्र, नेपाल पुलिस क्लब, एपिएफ, संकटा, चर्च ब्वाइज युनाइटेड, एनआरटी, ब्रिगेड ब्याइज फुटबल क्लब युके र आयोजक सहारा क्लब पोखरा अनुबन्ध भएका हुन् ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद यु ट्यूब च्यानलबाट हुनेछ । त्यसवापत हाम्रो खेलकुदले क्लबलाई ५ लाख दिएर प्रसारणको सम्झौता गरेको आर्थिक उपसमिति संयोजक सुनील गुरुङले जनाए ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ तथा सहप्रायोजक चितवनको जयश्री फुड्स प्रालि हो । क्लबले पोखरा १७ दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी सञ्चालन गरी हाल ३० जना बालकलाई आश्रय दिएको छ । क्लबले पोखरा रंगशालासम्म दर्शकलाई आकर्षित गर्न होल बडी चेक अप, आँखा जाँच, विभिन्न बम्पर उपहार लगायतका व्यवस्था गरेको छ ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ