पोखरा । आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हेर्ने दर्शकलाई खुसीको खबर छ । प्रत्येक दिनको टिकटमा गोलाप्रथाद्वारा १ दर्शकले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सक्ने छन् ।
सो पुरस्कारवापत्को रकम सहारा एफसी युकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले प्रायोजन गरेका हुन् । सो सम्बन्धमा मंगलबार आयोजक सहारा क्लब पोखरामा आयोजित समारोहमा क्लब अध्यक्ष केशवराज बराल र श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको प्रतियोगिता संयोजक एवं क्लब वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।
युके निवासी श्रेष्ठलाई पोखरा आएको बखत क्लबले स्वागत सम्मानसमेत गरेको थियो । माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा हुने २४ औं संस्करणको सो
प्रतियोगितामा १२ टिमले भाग लिँदै छन् । तीमध्ये १० टिम टुंगो लागिसकेको छ । जसमा त्रिभुवन आर्मी क्लब, थ्रि स्टार, मछिन्द्र, नेपाल पुलिस क्लब, एपिएफ, संकटा, चर्च ब्वाइज युनाइटेड, एनआरटी, ब्रिगेड ब्याइज फुटबल क्लब युके र आयोजक सहारा क्लब पोखरा अनुबन्ध भएका हुन् ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद यु ट्यूब च्यानलबाट हुनेछ । त्यसवापत हाम्रो खेलकुदले क्लबलाई ५ लाख दिएर प्रसारणको सम्झौता गरेको आर्थिक उपसमिति संयोजक सुनील गुरुङले जनाए ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ तथा सहप्रायोजक चितवनको जयश्री फुड्स प्रालि हो । क्लबले पोखरा १७ दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी सञ्चालन गरी हाल ३० जना बालकलाई आश्रय दिएको छ । क्लबले पोखरा रंगशालासम्म दर्शकलाई आकर्षित गर्न होल बडी चेक अप, आँखा जाँच, विभिन्न बम्पर उपहार लगायतका व्यवस्था गरेको छ ।
सम्बन्धित खबर
आहा ! रारा पोखरा गोल्डकपः चर्च ब्वाइजलाई हराउँदै पुलिस फाइनलमा
आहा! रारा पोखरा गोल्डकप: सिक्किमको थन्डर बोल्टस् युनाइटेडलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स सेमिफाइनलमा
सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा
विरेन स्मृति कपमा ‘गन्नी एफसी’ च्याम्पियन
आहा ! रारा पोखरा गोल्डकप: साविक विजेता आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
आहा ! रारा पोखरा गोल्डकप: मछिन्द्रलाई टाइब्रेकरमा हराउँदै थ्री स्टार सेमिफाइनलमा
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति