पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा माघे सक्रान्ती मेलामा भएको ठेलो प्रतियोगितामा निरज गुरुङले उपाधि जितेका छन् ।
यो उपाधिसँगै उनी २०६५ सालयता ८ पटक विजयी बनिसकेका छन् ।
बुधबार सम्पन्न प्रतियोगितामा स्याङ्जा टकसारका निरजले विजेता बन्दै नगद ४५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, बागलुङ निसिखोलाका बालकुमार विरही दोस्रो भए । उनले ४० हजार रुपैयाँ प्राप्त गरे । विजेता र उपविजेता दुवैलाई सम्मान गर्दै गाउँ परिक्रमा गराइएको थियो ।
सिक्लेस युवा क्लबले आफ्नो ३० औं वार्षिकोत्सव तथा सिक्लेस माघे सक्रान्ति मेला २०८१ को आयोजना समेत गरेको छ ।
यस्तै, मेलाको मुख्य आकर्षकको रुपमा खुल्ला पुरुष भलिबल र खुल्ला पुरुष बास्केटबल प्रतियोगिता समेत सञ्चालन भइरहेको छ ।
उक्त प्रतियोगिताको विजेताले समान एक–एक लाख रुपैयाँ पाउनेछन् । उपविजेता हुने टिमले ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खुल्ला महिला भलिबल प्रतियोगिताको विजेताले ३० हजार तथा उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने गुरुङ भाषा नृत्य प्रतियोगिताको विजेतालाई ६० हजार रुपैयाँ प्रदान गरिनेछ ।
दोस्रो हुनेलाई ४५ हजार, तेस्रोलाई ३० हजार रुपैयाँ र उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य निर्देशकलाई समान पाँच–पाँच हजार रुपैयाँसंगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सिक्लेस पोखरादेखि ४० किलोमिटरको दुरीमा रहेको छ ।
२०५२ सालमा स्थापित क्लबले निरन्तर रुपमा सञ्चालन गर्दै आएको मेला माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
दशौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने निर्णय
आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन
मैत्रीपूर्ण खेलमा लगातार जितः नेपालले भारतलाई फेरि हरायो
वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
साबित्राको गोलमा नेपालले भारतलाई उसकै मैदानमा हरायो
पालिका स्तरीय भलिबलको उपाधि पुतलीबजारलाई
यो पनि पढौँ
पोखरा सहकारीमा झण्डै एक अर्ब हिनामिना: अध्यक्ष, प्रबन्धकसहित ७ जना पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने