पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ मा आयोजित वडा खेलकुद महोत्सव शनिबार समापन हुँदैछ ।
शुक्रबार विभिन्न खेल सम्पन्न भएको छ । पुरूष भलिबलतर्फ चन्द्र सूर्य क्लब र तल्लो नयाँ गाउँ टोल विकास संस्था बीचको खेलमा विजयी हुँदै तल्लो नयाँ गाउँ टोल विकास संस्थाले उपाधि जितेको छ । चन्द्र सूर्य क्लब उपविजेता बन्यो ।
महिला भलिबल तर्फ फाइनल खेल जनजागृति आमा समूह र एकता आमा समूह बीच शनिबार मध्यान्ह १२ बजे सञ्चालन हुने वडा सचिव युवराज पौडेलले जानकारी दिए।

विद्यालय फुटबलतर्फ भएको पहिलो सेमिफाइनल खेल रेम्बो एकेडेमी र एस ओ एस भएको एस ओ एस बिजयी भई फाइनलमा प्रवेश गर्यो भने दोस्रो सेमिफाइनल खेल वेलनन र हार्वड एकेडेमी बीच भएकोमा वेलनन् एकेडेमी बिजयी भई फाइनलमा प्रवेश गरेको छ ।
एस ओ एस र वेलनन् एकेडेमी बीचको फाइनल खेल शनिबार बिहान ११ बजे हुनेछ ।
महोत्सव संयोजक आशिष भण्डारीका अनुसार क्लब फुटबलतर्फ नयाँ गाउँ युवा क्लब र गलेश्वर युवा क्लब बीचको खेलमा नयाँ गाउँ युवा क्लब, चन्द्र सूर्य क्लब र अलकापुर टोल विकास संस्था बीचको खेलमा अलकापुर टोल विकास संस्था, संगम टोल विकास संस्था र फलेपाटन टोल विकास संस्था बीचको खेलमा सङ्गम टोल विकास संस्था तथा प्रतिभा टोल विकास संस्था र दिव्य ज्योती क्लब बीचको खेलमा प्रतिभा टोल विकास संस्था बिजयी भएका छन् ।

शनिबार बिहान ७ बजे पहिलो सेमिफाइनल खेल नयाँ गाउँ युवा क्लब र सङ्गम टोल विकास संस्था बिच हुने छ भने दोस्रो सेमिफाइनल खेल बिहान ८ बजे अलकापुर टोल विकास संस्था र प्रतिभा टोल विकास संस्था बीच हुने वडा सचिव पौडेलले जनाए ।
महिला ब्याडमिन्टन सिङ्गलतर्फ मितेरी आमा समूहकी चन्द्रा छन्त्यालले उपाधि जितिन् । जनजागृति आमा समूह की गङ्गा नापित द्वितीय, स्यानीपाटन आमा समूहकी सिर्जना गुरुङ र आदर्श आमा समूहकी छोमाया पुन तृतीय बने ।
महिला ब्याडमिन्टन डबलतर्फ बेलबोट आमा समूहका सुधा थापा र जिमाया रानाको जोडीले उपाधि जित्यो । मितेरी आमा समूहका चन्द्रा छन्त्याल र सिसा केसीको जोडी द्धितीय, संगम टोल महिला समूहका लक्ष्मी लामा र पुष्पा कुमारी पुनको जोडी र एकता आमा समूहका शुसिला पुर्जा पुन र लाल कुमारी खावको जोडी तृतीय बने ।

पुरूष ब्याडमिन्टन सिङ्गल तल्लो नयाँ गाउँ टोल विकास संस्थाका तोरन गुरुङले उपाधि जिते । तल्लो सिमलबोट टोल विकास संस्थाका युवराज गुरुङ दोस्रो तथा कोलपाटन टोल विकास संस्थाका किरण आले र चन्द्र सूर्य क्लबका किस्मत गुरुङ तेस्रो बने ।
पुरूष ब्याडमिन्टन डबल तल्लो सिमलबोट टोल विकास संस्थाका युवराज गुरुङ र प्रकाश गुरुङको टोली प्रथम, चन्द्र सूर्य क्लबका खुम बहादुर गुरुङ र मनि प्रसाद गुरुङ द्वितीय, चार भाइ युवा क्लब कृष्ण कुमार गुरुङ र पूर्ण बहादुर जैसी तथा कोलपाटन टोल विकास समितिका किरण आले र अम बहादुर खोरजा तृतीय बने ।
महिला रस्सा कस्सी जनजागृति आमा समूह प्रथम भएको छ भने सङ्गम टोल आमा समूह दोस्रो हुन सफल भएको छ । ह्विलचेयर बास्केटबल र ह्विलचेयर दौड समेत सम्पन्न भएका छन् ।
शनिबार दिउँसो समापन कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम आयोजना हुने वडाध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिएका छन् ।
‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ खेलकुद महोत्सव आयोजना गरिएको हो । बिद्यालय स्तरीय छात्रछात्रा सडक दौड, महिला तथा पुरुष सडक दौड, विद्यालय स्तरीय साइक्लिङ, विद्यालय स्तरीय छात्रछात्रा युनी हक्की सहित फुटबल र भलिबलको फाइनल समेत शनिबार नै हुने वडाध्यक्ष बानियाँले जानकारी दिए । महोत्सव माघ २ गतेबाट सुरु भएको थियो ।
सम्बन्धित खबर
पोखराको प्रतिभामा साहित्य, संगीत र कलाको मेला
मिस तामाङ पोखराको ताज शिशा घिसिङले पहिरिन्
पोखरा वडा नं. १२ मा स्वास्थ्य शिविर
डेभिज फल्स पोखरा महानगरले नै चलाउने
एउटै मञ्चमा गुञ्जिँदै ७ पोखरेली ब्याण्ड, ‘ब्याण्डहरुको राजधानी पोखरा’को विरासत फर्काउने उद्देश्य
१४ औं अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ प्रतियोगिताको तयारी पूरा
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा