पोखरा महानगरपालिका वडा नं. १२ स्थित पोखरा युनाइटेड एकेडेमीले पहिलो पटक ‘फुड फेस्टिभल एण्ड कन्सर्ट-२०८१’ आयोजना गर्ने भएको छ ।
कक्षा ११ र १२ का होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रम माघ १५ गते हुने र सो अवसरमा विभिन्न १५ प्रकारका खानाका परिकार प्रस्तुत गरिने विद्यालयका प्राचार्य बयानबहादुर गोदारले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा सहभागी हुनेलाई पाँच सय र तीन सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । टिकट काटेर सहभागी हुनेले सोही रकम बराबरको खानाका परिकार रोजेर खान पाउनेछन् ।
सोही अवसरमा आयोजना हुने कन्सर्टमा पोखरा व्याण्डहरुले लाइभ म्युजिक प्रस्तुत गर्ने सहायक प्राचार्य एवं कार्यक्रम संयोजक देवेन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रमको तयारी तीव्र बनाइएको छ । साथै उक्त अवसरमा कमेडी च्याम्पियन सिजन-३ का उत्कृष्ट कमेडियनले कमेडीसमेत प्रस्तुत गर्ने संयोजक अधिकारीले जानकारी दिए ।
२०५० सालमा स्थापित विद्यालयमा हाल आठ सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यालयका कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आइरहेको छ ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’