पोखरा महानगरपालिका वडा नं. १२ स्थित पोखरा युनाइटेड एकेडेमीले पहिलो पटक ‘फुड फेस्टिभल एण्ड कन्सर्ट-२०८१’ आयोजना गर्ने भएको छ ।
कक्षा ११ र १२ का होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रम माघ १५ गते हुने र सो अवसरमा विभिन्न १५ प्रकारका खानाका परिकार प्रस्तुत गरिने विद्यालयका प्राचार्य बयानबहादुर गोदारले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा सहभागी हुनेलाई पाँच सय र तीन सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । टिकट काटेर सहभागी हुनेले सोही रकम बराबरको खानाका परिकार रोजेर खान पाउनेछन् ।
सोही अवसरमा आयोजना हुने कन्सर्टमा पोखरा व्याण्डहरुले लाइभ म्युजिक प्रस्तुत गर्ने सहायक प्राचार्य एवं कार्यक्रम संयोजक देवेन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रमको तयारी तीव्र बनाइएको छ । साथै उक्त अवसरमा कमेडी च्याम्पियन सिजन-३ का उत्कृष्ट कमेडियनले कमेडीसमेत प्रस्तुत गर्ने संयोजक अधिकारीले जानकारी दिए ।
२०५० सालमा स्थापित विद्यालयमा हाल आठ सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यालयका कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आइरहेको छ ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु