म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोटिएको छ ।
एक सय १२ मिटर लामो पुलबाट धवलागिरि–४ खिवाङ, वडा नं ५ मलम्पार र मराङका एक सय ७० घरका आठ सय ५० जनसङ्ख्या लाभान्वित भएका छन् । रू ५७ लाख ५२ हजार पाँच सय ८८ को लागतमा पुल निर्माण भएको वडाध्यक्ष यामबहादुर घर्तीले बताए ।
उपभोक्ता समितिका सदस्य चन्द्रबहादुर हमालले पुल बनेपछि एक घण्टा ३० मिनेटको बाटो पाँच मिनेटमा छोटिएको बताए । “पहाडको टुप्पोबाट फेदीमा झेरर जङ्गल र भिरको बाटो भएर पुनः डाँडामा उक्लँदा भालु, चितुवाको डर थियो”, उनले भने, “पुल बनेपछि सुरक्षित रूपमा छोटो बाटो हिँड्न पाएका छौँ ।”
धवलागिरि गाउँपालिका, उपभोक्ता र झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम (स्वाप)को सहकार्यमा पुल निर्माण भएको हो । पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो । गाउँपालिकाले रू सात लाख ४९ हजार ९२ सहयोग गरेको पुल निर्माणका लागि उपभोक्ताले रू एक लाख १५ हजार दुई सय ४५ बराबरको श्रमदान गरेका मिलन म्याग्दीका अध्यक्ष दिलु बिटालुले बताए ।
स्वाप कार्यक्रममार्फत लठ्ठा, बुल्डअफ ग्रिप, निर्माण सामग्री खरिद, ढुवानी, मजदुरको ज्याला र गैरसरकारी संस्थाको सेवा शुल्कका लागि रू ४८ लाख ८८ हजार दुई सय ५१ बराबरको सहयोग भएको छ । यस वर्ष धवलागिरिमा खोलाखर्क र हाडेभिर–खारा जोड्ने म्याग्दी खोलामाथि दुईवटा झोलुङ्गे पुल निर्माण भएको छ । रू ५७ लाख ८६ हजार चार सय ८८ को लागतमा निर्माण भएको हाडेभिर–खारा जोड्ने एक सय एक मिटर लामो झोलुङ्गे पुलबाट धारापानी, खारा, बिम, इल्पुका एक सय ७४ घरका एक हजार दुई सय ३३ जनसङ्ख्या लाभान्वित भएका छन् ।
खोलाखर्कको झोलुङ्गे पुलको बिहीबार धवलागिरिका उपाध्यक्ष रेशम पुनमगरले उद्घाटन गरे । सडक सुविधाको पहुँच नभएको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा निर्माण भएको झोलुङ्गे पुल सुरक्षित आवतजावत र यात्राअवधि छोट्याउन प्रभावकारी बनेको बताए । समुदाय, दातृ निकाय र गैरसकारी संस्थासँग समन्वय गरेर आवश्यक अन्य ठाउँमा पनि पुल निर्माणका लागि गाउँपालिकाले पहल गरेको पुनले बताए ।
सम्बन्धित खबर
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह