पोखरा । उच्च अदालत पोखराले गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय सचिवबाट हटाइएका डा. विनोदविन्दु शर्मालाई तत्काललाई थमौती गरिदिएको छ । माघ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई हटाएर डा. विश्वबन्धु बगालेलाई जिम्मेवारी दिएको थियो ।
संघका कर्मचारीलाई सचिवको जिम्मेवारी दिएपछि डा. शर्मा अदालत पुगेका थिए । त्यसपछि अदालतले निर्णय कार्यान्वयन नगर्न बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्रको महानिर्देशकमा पठाइएका डा। शर्माले उक्त निर्णयविरुद्ध उच्च अदालत पोखरामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए। गत माघ ८ गते दायर रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश उमेश कोइरालाको इजलासले विपक्षीका नाममा बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
आदेशपछि शर्मा बिहीबार स्वास्थ्य मन्त्रालयमै हाजिर भएका छन् । अल्पकालीन आदेश भएकाले उनी मन्त्रालयमै हाजिर भएपनि सचिवको जिम्मेवारीमा भने डा. बगाले नै छन् । अन्तरिम आदेशका लागि भने इजलासले माघ १४ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ । अदालतले सो दिन रिटउपर फैसला गर्नेछ । त्यसपछि मन्त्रालयको सचिवमा को रहने भन्ने पक्का हुनेछ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन