पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन चार खेल सम्पन्न भएका छन् ।
महिलातर्फ आयोजक टोलीले आर्मीलाई सोझो सेटमा हरायो
महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार बिहान भएको खेलमा आयोजक टोलीले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
आयोजक टोलीले आर्मीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–११ र तेस्रो सेट २५–२१ ले पराजित ग¥यो । यसअघि शनिबार खराब प्रकाशका कारण खेल स्थगित भएपछि आइतबार पुनः गराइएको थियो । हिजो ३ सेट सकिँदा आर्मी २–१ सेटले अगाडि थियो ।
आयोजक टोलीको नेतृत्व राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले गरेकी छन् । टोलीमा ३ थाइल्यान्डका खेलाडी समावेश गरिएको छ ।
साविक विजेता हेल्प नेपालमाथि भारतको सुनिल भलिबल क्लबको जित
प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको छ ।

खेलमा सुनिल क्लबले हेल्प नेपाललाई ३–१ सेट पराजित गरेको हो । पहिलो सेट २२–२५ ले गुमाएको सुनिल क्लबले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरामगन गर्दै विजयी सुरुआत गरेको हो । सुनिल क्लबले दोस्रो सेट २५–२३, तेस्रो २७–२५ र चौथो सेटमा २५–१६ ले आफ्नो पक्षमा पारेको हो ।
गण्डकी प्रदेश पुलिससँग पराजित
पुरुषतर्फको दोस्रो खेलमा गण्डकी प्रदेश नेपाल पुलिस क्लबसँग पराजित भएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको खेलमा गण्डकी पुलिससँग ३–२ को सेटमा पराजित भयो । पहिला दुई सेट गुमाएको गण्डकीले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपनि पाँचौं सेटमा सम्हालिन नसक्दा खेल गुमाउनुप¥यो ।

पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । गण्डकीले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१४ ले जितेको थियोे । पाँचौं सेटमा गण्डकीले सुरुआती अग्रता जोगाउन नसक्दा खेल १५–१० ले गुमाउनुप¥यो ।
एपिएफमाथि आर्मीको सहज जित
प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल एपिएफलाई सोझो सेटमा पराजित गरेको छ ।
एपिएफमाथि आर्मीले ३–० को सहज जित निकालेको हो । आर्मीले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो ।

यसअघि भएको खेलमा नेपाल पुलिस क्लबले गण्डकीलाई ३–२ सेटमा पराजित गरेको थियो । यस्तै पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गरेको थियो । आजै भएको पहिलो खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
प्रतियोगितामा अब लिग चरणका खेलहरु हुनेछन् । पहिलो खेलमा जित निकाल्ने टोली र पराजित हुने टोलीले छुट्टाछुट्टै लिग खेल्नेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो