पोखरा वडा नं. १२ मा स्वास्थ्य शिविर

स्वास्थ्य शिविर

पोखरा वडा नं. १२ मा स्वास्थ्य शिविर

५८ जना लाभान्वित

Pokhara 12

पोखरा महानगरपालिका वडा नं. १२ मा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम भएको छ ।

नेपाल परिवार नियोजन संघ कास्कीले पोखरा महानगरपालिका वडा नं १२ वडा कार्यालयको सहयोगममा कार्यक्रम गरेको हो । कार्यक्रमबाट शनिवार ५८ जना लाभान्वित भएका छन् । एक सातासम्म वडा कार्यालयको सिफारिसमा संघको कार्यालयमा सम्पर्कमा आउनेलाई सेवा प्रदान गरिने छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले हरेक नागरिक आफ्नो स्वास्थ्य बारे सचेत हुनुपर्ने बताए । उनले काम गर्नका लागि दृढ इच्छा शक्ति आवश्यक भएको उल्लेख गरे ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सरकारी तथा गैर सरकारी संस्थासँग सहकार्य गर्दै संघ अघि बढ्न चाहेको उल्लेख गरे । उनले वडा अध्यक्ष बास्तोलाले नागरिकप्रतिको स्वास्थ्यमा गम्भिरता देखाएका कारण नै पोखरा १२ मा कार्यक्रम गरिएको जानकारी दिए ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १२ का वडा सदस्य शान्ति कोइराला, नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी र स्त्री रोग विशेषज्ञ डा. कालिका भण्डारी लगायतले बोलेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ