बिरुवा प्रज्ञा–प्रतिष्ठान, स्याङ्जाको आयोजना एवं गण्डकी प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा बिरुवा गाउँपालिकास्थित विद्यालयस्तरीय एकल लोक गायन प्रतियोगिता–२०८१ नवज्योति माध्यमिक विद्यालयको प्राङ्गण, बिरुवा–१, स्याङ्जामा भव्यताका साथ सम्पन्न भएको छ ।
माघ ११ गते शुक्रबार सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बिरुवा गाउँपालिकाका अध्यक्ष एवं बिरुवा प्रज्ञा–प्रतिष्ठानका संरक्षक सूर्य बहादुर कुँवरले स्थानीय स्तरमा रहेका विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्न बिरुवा प्रज्ञा–प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । कार्यक्रममा बिरुवा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्मा, बिरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्य, बिरुवा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष नबिन आले, नवज्योती माविका प्रधानाध्यापक बम बहादुर राना, नेपाली काङ्ग्रेस बिरुवाका सभापति डिआर पोखरेल र नेकपा एमाले बिरुवाका सचिव गोपाल कोइरालाले शुभकामना मन्तव्य राख्नुभएको थियो भने राष्ट्रिय सगीतकर्मी संघ, गण्डकी प्रदेशका महासचिव, लोकप्रिय लोकदोहारी गायक बालकृष्ण वाग्ले र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशका महिला सचिव, लोकप्रिय लोकदोहारी गायिका ज्योति लोहनीले आफ्नो सांगीतिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
बिरुवा गाउँपालिकास्थित दश विद्यालयको सहभागिता रहेको प्रतियोगितामा श्री भुरुङ्चौकी मा.वि., बिरुवा–८ का तीलमाया वि.क.ले प्रथम, श्री जीवनज्योति मा.वि., बिरुवा–७ का किन्जल गुरुङ द्वितीयले, श्री दिव्यप्रकाश मा.वि., बिरुवा–४ का ममता सुनारले तृतीय, श्री बिरुवा मुनलाइट कम्युनिटी एकेडेमी, बिरुवा–१ अनन्तराज पोखरेलले सान्त्वना स्थान हासिल गर्नुभएको थियो भने श्री जनबालकल्याण आ.वि., बिरुवा–६ का स्मृति वि.क. र श्री नवज्योति मा.वि., बिरुवा–१ का निर्मला रानाले प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको थियो । प्रतियोगिताको निर्णायक संयोजकमा लोकदोहारी गायक खड्क गुरुङ रहनुभएको थियो भने निर्णायक सदस्यमा लोकदोहारी गायकहरु गणेश राना र बालकृष्ण वाग्ले रहनुभएको थियो ।
बिरुवा प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष शंकर विरही गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बिरुवा प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष एवं कार्यक्रम संयोजक पिताम्बर शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षा शाखाका प्रा.स. शिव गिरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । प्रतियोगितामा श्री नवज्योति मा.वि.मा अध्ययनरत विद्यार्थीहरुले स्वागत नृत्य र कौडा नृत्य समेत प्रस्तुत गर्नुभएको थियो ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ