तनहुँ । तनहुँमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ क ५८९६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र.३ ०१–०२२ च ६७७८ नम्बरको कार र ग १८ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
टिपरको ठक्करबाट स्कुटरमा सवार पोखरा महानगरपालिका–३२ कास्कीकी ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते क्षेत्रीको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक २१ वर्षीय दीपेश क्षेत्री सामान्य घाइते छन् । उनी मृतकका छोरा हुन् ।
यसैगरी, टिपरको ठक्करबाट धादिङको निलकण्ठ नगरपालिका २ भुलभुलेका ४० वर्षीय प्रकाश गुरुङ पनि घाइते भएका छन् । कार चालक शुक्लागण्डकी नगरपालिका–११ साँखेका ३१ वर्षीय महेश पौडेलको दायाँ हातमा सामान्य चोट लागेको छ । प्रहरीका अनुसार उनलाई उपचारपछि डिस्चार्ज गरिएको छ ।
टिपर चालक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
सम्बन्धित खबर
राजस्व नीतिलाई लगानी तथा व्यवसायमैत्री बनाउन व्यवसायीको सुझाव
स्वतन्त्र गरिमालाई जोगाइरहनु लोक सेवा आयोगको चुनौतीः प्रदेश प्रमुख भट्ट
पृथ्वीनारायण क्याम्पसमा मतगणना: एमाले अखिललाई सुरूआती अग्रता
बागलुङको लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः इन्स्पेक्टर पछि हवल्दार पनि पक्राउ, अदालतमा मुद्दा दर्ता
पृथ्वीनारायण क्याम्पसमा मतगणना सुरू
यो पनि पढौँ
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी
पोखराको छोरेपाटनबाट लागू औषधसहित ३ जना पक्राउ