पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित पर्यटकीय गाउँ घान्द्रुकमा ‘घान्द्रुक पर्यटन महोत्सव- २०८१’ आगामी फागुन ७ देखि १० गतेसम्म हुने भएको छ ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि सुरु हुने जानकारी दिएका हुन्।
‘सबै मौसममा पर्यटन’ भन्ने नाराका साथ ‘घान्द्रुक पर्यटन महोत्सव’ फागनु ७ देखि १० गतेसम्म सञ्चालन गर्दैछौं’, अध्यक्ष गुरुङले भने, ‘४ दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न समुदायमा प्रचलित साँस्कृतिक र खेलकुदका कार्यक्रमहरु समावेस गरेका छौँ ।’
उनका अनुसार महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रमका साथै गायिका शान्ति श्री परियारको विशेष प्रस्तुती रहने छ । भने यही वर्षदेखि सुरु भएको घान्द्रुक चक्रीय पदमार्गमा दौड प्रतियोगितासमेत आयोजना हुनेछ ।
अध्यक्ष गुरुङले घान्द्रुक गाउँ सबै मौसमका लागि घुम्न उपयुक्त ठाउँ रहेको जानकारी दिने तथा खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । साथै महोत्सवले पर्यटकीय गतिविधिलाई अझै उचाइमा पुर्याउनका लागि टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे ।
मेश्रम बराह मावि घान्द्रुकको प्राङ्गणमा हुने महोत्सवमा पुरुष भलिबल, भेन्ट्रान्स भलिबल, खुल्ला बास्केटबल, घोडा दौड, छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको छ ।
पुरुष भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः नगद १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने महोत्सव संयोजक अमृत लामा गुरुङले जानकारी दिए । यी दुबै प्रतियोगितामा सहभागिताका लागि ६ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यस्तै, भेन्ट्रान्स भलिबल प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । भेन्ट्रान्स भलिबलमा सहभागिताका लागि ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
त्यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले २० हजार तथा सान्त्वना हुने दुई जनाले ५/५ हजार पुरस्कार प्राप्त गर्नेछन् । घोडादौडका लागि ९.५ कि.मी. निर्धारण गरिएको छ।
यसैगरी, छेलो प्रतियोगितामा प्रथम हुनेले १५ हजार र दोस्रो हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा