पोखरा । सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ।
पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो।
टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा टिकेन्द्रले ३ खेलाडीको प्रहार रोके भने एनआरटीका गोलकिपर विशाल सुनारले २ खेलाडीको प्रहार रोके ।
टाइब्रेकर विशाल र सडन डेथमा टिकेन्द्रले सडन डेथमा आफैले गोल गरे। समग्रमा सडनडेथ चर्च ब्वाइज ६-५ ले विजयी भयो।
टाइब्रेकर चर्च ब्वाइजका लागि नविन लामा, मिलन राई, अकिन्स बाफोर, अबायोमी फाकुन्ले, प्रशान्त लक्षम, टिकेन्द्रले गोल गरे। सकल रेग्मी, सर्जे डिका र राज भुषालको प्रहार विफल भयो।
एनआरटीका अन्जन विष्ट, जय गुरुङ, सुमित श्रेष्ठ, विशाल सुनार, राजिव लोप्चनले पेनाल्टीमा गोल गरे।
एञ्जल महर्जन, जन्मजय धामी, रिचार्ड विल्सन र माईकल मगरको प्रहार विफल भयो।
टिकेन्द्रले तेस्रो पेनाल्टी रोक्ने क्रममा माइकलको प्रहार विफल पार्दै चर्च ब्वाइजको क्वाटरफाइनलमा यात्रा निश्चित गरे । चर्च ब्वाइजले माघ २८ गते क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ। नियमित समयमा एनआरटीले अग्रता जोगाउन सकेन।
२५ औँ मिनेटमा रिचार्ड विल्सनको गोलमा एनआरटीले सुरुवाती अग्रता लियो । कृतिषरत्न छुन्जुको प्रहार चर्च ब्वाइजका गोलकिपर टिकेन्द्रले पन्च गर्दै जोगाएपनि त्यसकै रिबाउण्डमा विल्सनले बललाई पोष्टको दिशा दिए।
६३ औं मिनेटमा नविनको पेनाल्टीमा गोल चर्च ब्वाइजलाई खेलमा फर्कायो । एनआरटीका नरेन चौधरीले मनिष जर्गामगरलाई पेनाल्टी बक्समा खराब ट्याकल गरेपछि चर्च ब्वाइजले पेनाल्टी पायो। त्यसलाई नविनले खेर जान दिएनन्।
त्यसअघि सातौं मिनेटमा चर्च ब्वाईजका अबायोमी फाकुन्लेको क्रसमा मिलन राईको प्रहार क्रसबारको माथिबाट आकाशियो। नवौं मिनेटमा अबायोमीको क्रसमा नविनको प्रहार एनआरटीका गोलकिपर विशालले रोके ।
२२ औं मिनेटमा एनआरटीका एञ्जल महर्जनको फ्रि किक प्रहार सिधै चर्च ब्वाइजका गोलकिपर टिकेन्द्रको हातमै पुग्यो।
७० औँ मिनेटमा राज भुषालले एनआरटीको डिफेन्डरलाई छक्याउँदै दिएको पासमा नविनको प्रहार गोलकिपर विशालले सहजै बचाए।
८५ औँ मिनेटमा राज भुषालले सिक्स यार्ड बाहिरबाट गरेको प्रहार विशालले जोगाए। थप समयको २१ औँ मिनेटमा एनआरटीका कप्तान अन्जन विष्टको फ्रिकिक टिकेन्द्रले पन्च गरे।
यसैबिच एनआरटी र चर्च ब्वाइजबिच धरानमा जारी २५ औं बुढासुब्बा गोल्डकपको शनिवार हुने फाइनलमा प्रतिस्पर्धा हुनेछ । एनआरटीले आज युकेएफसीलाई ३-१ ले हराउँदै फाइनल पुगेको छ। चर्च ब्वाइज हिजै फाइनल पुगिसकेको छ ।
एनआरटी र चर्च ब्वाइजबिच यो सिजनको त्यो तेस्रो फाइनल हुनेछ । मंसिरमा एनआरटीले इलाम गोल्डकप र पुसमा चर्च ब्वाइजले झापा कप जित्दा एकअर्कालाई हराए थिए।
सहारा क्लब पोखराको आयोजनामा जारी आहा रारा पोखरा गोल्डकपमा शुक्रवार भारत सिक्किमको थन्डरबोल्ट युनाइटेड र दुई पटकको विजेता संकटा क्लबबिच अन्तिम प्रि क्वाटरफाइनल हुनेछ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प