गोरखा । गोरखाका लोकप्रिय कर्खा गायक लालबहादुर गन्धर्वको निधन भएको छ । भीमसेनथापा गाउँपालिका–१ घ्याम्पेशाल निवासी उनको ८० वर्षको उमेरमा बिहीबार निधन भएको हो ।
उनी केही समययता क्यान्सरबाट पीडित थिए । घ्याम्पेशालस्थित आफ्नै निवासमा उनको निधन भएको परिवार स्रोतले जनाएको छ । ९ वर्षको कलिलै उमेरदेखि उनले सारंगी बजाउने गर्थे । सारंगी बजाउने कलाले उनलाई रेडियो नेपालमा जागिर खाने अवसर प्राप्त भएको थियो ।
२०२२ सालमा रेडियो नेपालमा जागिरे भए । २० वर्षको कलिलो उमेरमा उनी भूमि सुधारको कर्खा गएर तत्कालीन राजा महेन्द्रको रोजाइमा परेका थिए । २०२२ सालमा ‘खरबारीको छेउ’ बोलको गीत रेकर्ड गराइ २०२७ सालसम्म रेडियो नेपालमा जागिरेका रुपमा सेवा गरेका थिए ।
९० सालको महाभूकम्प, पृथ्वीनारायण शाहको जीवनी, जंगबहादुरको सत्ता उत्थान, विश्वयुद्ध, डाँफे चरी लगायतका कर्खा, सवाई उनले रेडियो नेपालबाट गायका थिए । यहीबाट उनले राष्ट्रिय स्तरको चर्चा समेत बटुल्न सफल भएका थिए ।
२०७६ सालमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा ‘लालबहादुर गन्धर्व सारंगी साँझ’ समेत भएको थियो । धर्मराज थापाले गाएको ‘हाम्रो तेनजिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत प्रायः उनी गाउने गर्थे ।
सम्बन्धित खबर
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला