वालिङ । नेकपा एमालेले नेता तथा कार्यकर्तालाई पार्टीको नीति एवं सिद्धान्तका बारेमा पढाएको छ ।
नेकपा एमाले स्याङ्जाले पार्टी स्कुल विभागको समन्वयमा तीन दिनसम्म आवाससहितको व्यवस्था गरेर नेता एवं कार्यकर्ताहरूलाई जिल्ला सदरमुकाममा राखेर पार्टीको नीति सिद्धान्तका साथै आगामी रणनीतिका बारेमा प्रशिक्षण दिएको हो ।
प्रशिक्षणको लागि केन्द्रबाट एमाले उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीसहितका नेताहरुलाई जिल्लामा ल्याएर प्रशिक्षण दिइएको थियो । प्रशिक्षणको अन्तिम दिन शुक्रबार प्रशिक्षार्थीहरूको परीक्षा लिएर प्रमाणपत्र वितरण गरिएको एमाले स्याङ्जाले जनाएको छ ।
प्रशिक्षण कार्यमा सहभागी भएर प्रशिक्षण दिएकामा प्रशिक्षक एवं प्रशिक्षार्थीका रूपमा सहभागी जिल्लाका नेता एवं कार्यकर्तालाई एमाले जिल्ला अध्यक्ष एवं स्कूल विभाग प्रमुख सूर्यप्रसाद गैरे पारसले धन्यवाद दिए ।
प्रशिक्षण कार्यक्रम सम्पन्न भएसँगै जिल्लामा पार्टीका गतिविधिहरू थप प्रभावकारी रुपमा सञ्चालन हुने एमाले स्याङ्जाले जनाएको छ ।
तीन दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा एमाले उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदीप ज्ञवाली, पार्टी सचिव पद्मा अर्याल, किरण गुरूङ, खगराज अधिकारी, टुकराज सिग्देल, सिर्जना काफ्ले, धनञ्जय दवाडी, सुन्दर लामिछाने, डा.विश्वकल्याण पराजुली, डा.सुस्मिता ढकाल लगायतले प्रशिक्षण दिएका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ