पोखरा । भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ।
दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ।
मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता लियो । तालाले ३४ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गर्दैै थन्डरबोल्टलाई खेलमा फर्किएका हुन् । दोस्रो हाफमा करण राई र आर्दश तामाङले गोल गरे ।
७७ औं मिनेटमा करणले गोल गर्दैै थन्डरबोल्टलाई अघि बढाए । खेल सकिन एक मिनेट बाँकी रहँदा आदर्शले दर्शनीय गोल गर्दैै थन्डरबोल्टलाई जितको हकदार बनाए ।
संकटा खेलाडीले छुटाएको बललाई नियन्त्रण लिएर आदर्शले मध्ये भागको केहि अगाडिबाट गरेको प्रहार गोलमा परिणत भएको छ। पोष्टबाट अगाडि बढिसकेका गोलकिपर दीप कार्कीले बल रोक्ने मौकै पाएनन्।
योसँगै तीन वटा पूर्व विजेता टोली यसपटक बाहिरिसकेका छन् । आयोजक सहारा क्लब, एपिएफ र संकटा बाहिरिसकेका छन् ।
थन्डरबोल्टले क्वाटरफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको सामना गर्नेछ। ब्ल्याक बुल्स शुक्रवार काठमाडौं आइपुगेको छ ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा शनिवार नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब युकेबिच हुनेछ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ