पोखरा । २४ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
जारी प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा शनिबार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो। यसअघिका ३ प्रतियोगिताको पहिलो खेलमै पराजित पुलिसले यस प्रतियोगितामा सम्भावना कायम राखेको हो ।
पुलिसलाई जीत दिलाउन विवेक पाण्डे र कप्तान राम बाजीले गोल गरे।
विवेकले २८ औं मिनेटमा कर्नरमा गोल गर्दैै टोलीलाई अघि बढाए। ४० औं मिनेटमा विवेककै कर्नरमा रामले हेड मार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
पुलिस पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो ।
पुलिसले सेमिफाइनल फाइनलमा चर्च ब्वाइज युनाइटेड र साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबमध्ये एकसँग खेल्ने छ।
पुलिसले २०५८ (काराभान गोल्डकप) सहित २०५९, २०६४,२०६५, २०६६ र पछिल्लो पटक २०७४ मा गरि ६ पटक आहा ! रारा गोल्डकपको उपाधि जितेको थियो।
प्रतियोगितामा आइतबार मच्छिन्द्र फुटबल क्लब र ५ पटकको विजेता थ्री स्टार क्लबबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ।
यसपटक प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ। आहा ! राराको खेल हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिएको छ।
सम्बन्धित खबर
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु