नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालको १५ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले सूर्यप्रसाद लम्सालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा विक्रम पौडेल, उपाध्यक्ष इन्दिरा सापकोटा, महासचिव शिवहरि सुवेदी, सचिव शशिशिशिर ढुंगाना र कोषाध्यक्ष हरिप्रसाद ढुंगाना निर्वाचित भएका छन् । सदस्यमा प्रेमनारायण ढकाल, पोष्टराज सुवेदी, भावना लामिछाने, ध्रुववन्धु रिजाल, होमनाथ भट्टराई, अमृत पौडेल, झलकनाथ आचार्य, रत्नाकुमारी विश्वकर्मा र सावित्री पहारी भट्टराई छन् । संस्थाका सल्लाहकार बोधराज ढकालको संयोजकत्वमा लोकचन्द्र खनाल र दिनेश सापकोटा सदस्य रहेको निर्वाचन मण्डलले नयाँ समिति चयनका लागि सहजीकरण गरेको थियो ।
कार्यक्रममा भाषाविद् प्राडा देवीप्रसाद गौतमले भाषा समाजको महत्वपूर्ण अवयव भएकाले नेपाली भाषाका विषयमा सबै गम्भीर हुनुपर्ने विचार राखे । ‘हाम्रो शिक्षा पद्धतिमा रहेका केही त्रुटिका कारण पनि नेपाली भाषा शिक्षण केही जटिल बनेको छ,’ उनले भने । कार्यक्रममा संस्थाका सल्लाहकार प्राडा रामनाथ ओझालाई प्रमुख मानार्थ सदस्यता प्रदान गरियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा सम्मानित व्यक्तित्व प्राडा रामनाथ ओझा, हिसान कास्की अध्यक्ष दिवाकर जैसी, प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतम, सह प्राडा यामनाथ तिमिल्सिना, सह प्राडा पुण्यप्रसाद शर्मा, माधवशरण उपाध्यक्ष, उप प्राडा बोधराज ढकाल, लोकचन्द्र खनाल, डोलराज अर्याल, दिनेश सापकोटा, नेपाली भाषा शिक्षक परिषद् म्याग्दी अध्यक्ष रमेश पौडेल, एनप्याब्सन कास्की सचिव प्रेमराज अधिकारी, गणित शिक्षा परिषद्का अध्यक्ष डिल्लीराम अधिकारी, सामाजिक अध्ययन मञ्च कास्की अध्यक्ष गोविन्द काफ्ले, संस्थाका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्साल, महासचिव शिवहरि सुवेदी, सचिव नारायण पराजुली लगायतले बोलेका थिए ।
कार्यक्रमको अध्यक्षता परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले गरेका थिए । ‘भाषा सभ्यताको संवाहक हो’ भन्ने उद्घोषका साथ परिषद् स्थापना भएको हो ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?