पोखरा । सङ्घर्षमा कलमद्वारा विद्यालय तहका भाइबहिनीलाई सिर्जनशील बनाउन गठन गरिएको सङ्घर्षमा कलम छोरेपाटन समूहको आयोजनामा पहिलो रचनावाचन प्रतियोगिता सम्पन्न भएको छ ।
३३ जना प्रतियोगी रहेको प्रतियोगितामा कक्षा ९ का असिम खनाल, कक्षा ८ की सन्ध्या कार्की, कक्षा ६ का लेलिना बराल, कक्षा ५ की स्मृति सुनार र कक्षा ४ का रोहन गहतराज उत्कृष्ट पाँच हुन सफल भए ।
विजेतालाई विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा, सङ्घर्षमा कलम केन्द्रीय अध्यक्ष कृष्ण सारथि, संस्थापक अध्यक्ष असफल गौतम, छोरेपाटन भू.पू. विद्यार्थी मञ्चका उपाध्यक्ष हिमलाल उपाध्याय, विद्यालयका शिक्षक प्रेमप्रसाद पोखरेलले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यार्थीलाई सिर्जनशील बनाउनका लागि यस्ता प्रतियोगितात्मक कार्यक्रम निकै फलदायी रहने बताए ।
सङ्घर्षमा कलम केन्द्रीय अध्यक्ष कृष्ण सारथिले विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई निखार्न प्रतियोगितात्मक कार्यक्रमले प्रेरणा दिने बताए ।
छोरेपाटन भूपू विद्यार्थी मञ्चका उपाध्यक्ष हिमलाल उपाध्यायले मञ्चले विद्यार्थीको सर्वाङ्गिण पक्षको विकासका टेवा पुगोस् भन्ने उद्देश्यले फरक–फरक विधाका सिर्जनशील र सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
शिक्षक प्रेमप्रसाद पोखरेलले विद्यालय जीवनमा तल्लो कक्षामा रहँदासम्म सिर्जनातर्फ क्रियाशील हुने विद्यार्थी माथिल्लो कक्षामा जाँदा कम हुँदै जान नदिन यस्ता प्रतियोगिता उपयोगी हुने बताए ।
सङ्घर्षमा कलमका संस्थापक अध्यक्ष असफल गौतमले पुरस्कृत हुनु नहुनु भन्दा पनि सहभागिता ठूलो कुरा भएको बताए ।
सङ्घर्षमा कलम केन्द्रीय समितिका अध्यक्ष कृष्ण रानाभाट सारथिले संस्थाले पहिलो पटक रचनावाचन प्रतियोगिता सञ्चालन गरेको र क्रमशः विभिन्न विधागत गतिविधि तथा प्रतियोगिता सञ्चालन गर्दै अगाडि बढ्ने बताए ।
समूहका अध्यक्ष रश्मी देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य सचिव एन्जल न्यौपानेले स्वागत मन्तव्य र सदस्य प्रेनिसा पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
स्मरण रहोस्, सङ्घर्षमा कलम पोखराले २०८१ पौषमा रश्मी देवकोटाको अध्यक्षतामा नौ सदस्यीय सङ्घर्षमा कलम छोरेपाटन समूह गठन गरेको छ । समूहको सदस्य सचिवमा एञ्जल न्यौपाने र सदस्यमा क्रमशः अनुजा शर्मा, विनिका ढकाल, प्रतिक्षा पौडेल, सलोनी गुरुङ, रचना बराल, सलिना सुवेदी, प्रेनिसा पौडेल रहेका छन् ।
सम्बन्धित खबर
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो