पोखरा । कास्की आदर्श समाज, कतारको आयोजना तथा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् र कास्की आदर्श समाज नेपालको समन्वयमा पोखरामा श्रष्टा सम्मान गरिएको छ ।
फरक–फरक पाँच विधामा सम्मान गरिएको कार्यक्रमका संयोजक कृष्ण भण्डारीले जानकारी दिए । सम्मानित हुनेमा शिक्षा तर्फ चतुरमान श्रेष्ठ, स्वास्थ्य तर्फ डाक्टर सूर्य देवकोटा, संचार तर्फ राजबहादुर गुरुङ, साहित्य तर्फ छविलाल आचार्य र कला तर्फ माओत्से गुरुङ रहेका छन् ।
उनिहरुलाई प्रतिनिधि सभा सदस्य दामोदर बैरागीले दोसल्ला, सम्मानपत्र र नगद १० हजार सहित सम्मान गरे । यस्तै कार्यक्रममा समाजका सदस्यका छोराछोरी मध्यबाट एसइइ २०८० मा उत्कृष्ट अंक ल्ययाउने सविन कुमार भण्डारीलाई प्रसंसापत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य बैरागीले समाजले अनुकरणीय कार्य गरेको भन्दैँ प्रशंशा गरे । विदेशमा सिकेको सिप र अनुभव नेपालमा पनि प्रयोग गर्न उनले आग्रह गरे ।
सन् २००२ मा रोजगारीको क्रमममा कास्कीबाट कतार पुगेकाहरुले समाजको स्थापना गरेका थिए । सोही संस्था अहिले २१ वटा देशमा साखा विस्तार भएको कार्यक्रमका अर्का संयोजक अमिर श्रेष्ठले जानकारी दिए । समाजले अलिहे अन्तराष्ट्रि समन्वय परिषद् गठन गरेको छ ।
कृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण गाँउपालिका, कास्कीका अध्यक्ष विष्णुबहादुर केसी, कास्की आदर्श समाज अन्तराष्ट्रिय परिषद्का उपाध्यक्ष सन्तोष तिमिल्सीना, समाजका अन्तराष्ट्रिय संयोजक तिलकसाली सापकोटा, कास्की आदर्श समाज, कास्कीका अध्यक्ष विश्वन्धु थापा, समाजका सल्लाहकार गंगाधर पराजुली, सम्मानित व्यक्तीत्व डाक्टर सूर्य देवकोटा लगायतले बोलेका थिए ।
समाजले शिक्षा, स्वास्थ्य, असायलाई आर्थिक सहयोग र विपद्मा राहात वितरण जस्ता कार्य गदै आएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो