पोखरास्थित सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटनमा मृत अवस्थामा भेटिएकी सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महतको पोष्टमार्टम भएको छ।
सशस्त्र प्रहरी बलमा कार्यरत सिन्धुपाल्चोक घर भएकी २८ वर्षीया महतको शव शनिबार राति नौ बजे ब्यारेकको महिला शौचालय नजिकको बीममा झुण्डिएको अवस्थामा भेटिएको थियो।
महतको शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको सशस्त्र प्रहरी अधिकारीले जनाएका छन् । घटनाको थप अनुसन्धान नेपाल प्रहरीले पनि गरिरहेको छ ।
घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको छ ।
आत्महत्या दुरुत्साहनको आरोपमा कास्की प्रहरीमा उजुरी
महतको परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ । महतको परिवारले १६ बेसिकका एक इन्स्पेक्टरविरुद्ध कास्की प्रहरीमा दुरुत्साहनको जाहेरी दिएको हो ।
जाहेरी दर्ता गरेर पक्राउ पुर्जी लिएर अनुसन्धान तयारी भइरहेकाे कास्की प्रहरीको जानकारी दिएकाे छ । परिवार स्राेतका अनुसार ती इन्स्पेक्टर र महत प्रेमीप्रेमीका रहेको परिवारको दाबी छ । उनैका कारण महतले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ ।
सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्स्पेक्टर हुन् । सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन्।
२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो