पोखरा महानगरपालिका वडा नं. १९, तल्लाकोटमा सडक खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ (साविक आगिन्चोक गाविक वडा नं ८ सुनपोखरी) का ३१ बर्षीय नवीन बस्नेत छन् ।
वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार आज बिहान करिब ८ बजे उक्त घटना भएको हो ।
सडकका लागि भित्तो काट्ने क्रममा माथिबाट ढिस्को खस्दा पुरिएर बस्नेत गम्भीर घाइते भएका थिए ।
उनलाई उद्दार गरी तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको थियो । उनको उपचारकै क्रममा करिब ९ः३० बजे मृत्यु भएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।
मृतक बस्नेतको श्रीमती र एक छोरी रहेको बताइएको छ । उनी तीन भाइमध्ये माइला हुन् । उनका बयोवृद्ध आमा छन् भने बुबाको धेरै अघि निधन भइसकेको छ । उनी पछिल्लो समय धादिङ नीलकण्ठ नगरपालिका वडा नं. ८ मा बस्दै आएका थिए ।
घटनालगत्तै प्रहरीले आफन्तजनलाई खबर गरेपछि मृतकका दाइ होमबहादुर बस्नेत र अन्य आफन्तजन पोखरा आइपुगेका छन् ।
धादिङ पोखरा सम्पर्क समाजकी अध्यक्ष सरस्वती श्रेष्ठ सरूले आफन्तको सल्लाहमा क्षतिपूर्ति सम्बन्धमा समाजले अगुवाई गर्ने बताइन् ।
सम्बन्धित खबर
एसइई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण सभा सम्पन्न
पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम
फोटो पत्रकारिता दिवसमा महाप्रभुधाम फोटो यात्रा
मैत्रीपूर्ण भलिबलमा टिम युनिटी र जिएण्डजी विजयी
भाटखोलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध