काठमाडौँ । तराईका केही स्थानमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुस्सुका कारण हवाई यातायातसमेत प्रभावित भएको थियो ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले मध्याह्नपछि हुस्सु हट्ने क्रममा सुरु भएकामा हाल अधिकांश स्थानमा हटिसकेको जानकारी दिए । “हुस्सुको प्रभावले तराई भूभागको जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन हामीले अनुरोधसमेत गरेका थियौँ”, उनले भने, “हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।”
दाहालले आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने उल्लेख गरे। महाशाखाका अनुसार एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ ।
सम्बन्धित खबर
गण्डकी, कोशी र बागमतीमा सोमबार र मंगलबार भारी वर्षाको सम्भावना
काठमाडौँसहित देशभर मनसुनी वायुको असर: कुन-कुन क्षेत्रमा छ पानी पर्ने सम्भावना?
दुई दिन अतिभारी वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह
देशभर मनसुन सक्रिय हुँदै: कोशीमा भारी वर्षा र तराईमा हुरीको सम्भावना
आगामी ४–५ दिनभित्र देशभर मनसुन फैलिने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
मनसुन कोशीबाट भित्रियो, गण्डकी र लुम्बिनीसम्म फैलियो
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा