पोखरा । सामाजिक सञ्जालमा एउटा भिडियो देखियो, जहाँ एक युवकले मोटरसाइकलको पछाडि डोरी बाँधेर कुकुरलाई रफ्तारमा दौडाइरहेका छन ।
कुकुर मोटरसाइकलकै रफ्तारमा दौडिरहेकाले निकै थकित छ र बाटोमै पछारिन्छ । त्यहीबेला मोटरसाइकलमा भिडियो बनाउँदै गएका युवकले देख्छन्, त्यसरी नघिसार्न आग्रह गर्छन्, पानी मगाउँछन्, खुवाउँछन् । कुकुर पनि उठ्छ । कुकुर घरबाट भागेकाले बाँधेर ल्याउनुपरेको बताउँदै ति युवकले भन्छन् – ‘यो हरामी नाटक गर्छ ।’
भैरहवाका आकृत पौडेल नामक युवकले पोखरा–स्याङ्जा सडकखण्डमा भ्लग बनाउने क्रममा खिचेको भिडियो आफ्नो फेसबुकमा रिल्स अपलोड गरेपछि भाइरल बन्न पुगेको हो । यो घटना ठ्याक्कै २ महिनाअघि भएको पाइएको छ ।
आकृतले आफ्नो युट्युब च्यानलमा २ जनवरी, २०२५ मै पोष्ट गरेका छन् । फेसबुकमा फेब्रुअरी २८ मा पुनः राखेका हुन् । सोहि भिडियोलाई पशुअधिकारकर्मी इरफान खानले पुनः अपलोड गरेपछि अनुसन्धान र कारबाही प्रक्रियाका लागि अघि बढेको हो ।

ग१७प ३९३१ नम्बरको मोटरसाइकलमा यसरी कुकुरलाई बाँधेर घिसारेको भिडियो बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले तत्काल अनुसन्धान सुरु गरे ।

कुकुरलाई निकै निर्दयी भएर घिसार्ने पोखराकै युवक भएको खुलेको छ । ति युवक पोखरा महानगरपालिका वडा नंं. २२ पुम्दीभुम्दी घर भएका ३० वर्षीय खुशीराम बराल रहेको एसपी ओलियाले गण्डक न्यूजलाई जानकारी दिए ।
बराललाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको एसपी ओलियाले बताए । कानुनानुसार कारबाही गरिने उनले बताए ।
तस्वीरः आकृत पौडेलको भिडियोबाट ।
सम्बन्धित खबर
एक महिनामै दर्ता भए अपराधका ४ हजार ४६८ मुद्दा, बैंकिङ कसुरका मात्रै १ हजार १२७
झापाबाट १ हजार ६३६ किलो गाँजासहित २ जना पक्राउ
महायज्ञ गर्ने नाममा दलितको घर भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ
पोखराको छोरेपाटनबाट लागू औषधसहित ३ जना पक्राउ
विशेष सुराकीको आधारमा २५ करोड बोकेको ट्रक समात्न सफल भयौँ : प्रहरी
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
यो पनि पढौँ
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी
पोखराको छोरेपाटनबाट लागू औषधसहित ३ जना पक्राउ