पोखरा । सामाजिक सञ्जालमा एउटा भिडियो देखियो, जहाँ एक युवकले मोटरसाइकलको पछाडि डोरी बाँधेर कुकुरलाई रफ्तारमा दौडाइरहेका छन ।
कुकुर मोटरसाइकलकै रफ्तारमा दौडिरहेकाले निकै थकित छ र बाटोमै पछारिन्छ । त्यहीबेला मोटरसाइकलमा भिडियो बनाउँदै गएका युवकले देख्छन्, त्यसरी नघिसार्न आग्रह गर्छन्, पानी मगाउँछन्, खुवाउँछन् । कुकुर पनि उठ्छ । कुकुर घरबाट भागेकाले बाँधेर ल्याउनुपरेको बताउँदै ति युवकले भन्छन् – ‘यो हरामी नाटक गर्छ ।’
भैरहवाका आकृत पौडेल नामक युवकले पोखरा–स्याङ्जा सडकखण्डमा भ्लग बनाउने क्रममा खिचेको भिडियो आफ्नो फेसबुकमा रिल्स अपलोड गरेपछि भाइरल बन्न पुगेको हो । यो घटना ठ्याक्कै २ महिनाअघि भएको पाइएको छ ।
आकृतले आफ्नो युट्युब च्यानलमा २ जनवरी, २०२५ मै पोष्ट गरेका छन् । फेसबुकमा फेब्रुअरी २८ मा पुनः राखेका हुन् । सोहि भिडियोलाई पशुअधिकारकर्मी इरफान खानले पुनः अपलोड गरेपछि अनुसन्धान र कारबाही प्रक्रियाका लागि अघि बढेको हो ।

ग१७प ३९३१ नम्बरको मोटरसाइकलमा यसरी कुकुरलाई बाँधेर घिसारेको भिडियो बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले तत्काल अनुसन्धान सुरु गरे ।

कुकुरलाई निकै निर्दयी भएर घिसार्ने पोखराकै युवक भएको खुलेको छ । ति युवक पोखरा महानगरपालिका वडा नंं. २२ पुम्दीभुम्दी घर भएका ३० वर्षीय खुशीराम बराल रहेको एसपी ओलियाले गण्डक न्यूजलाई जानकारी दिए ।
बराललाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको एसपी ओलियाले बताए । कानुनानुसार कारबाही गरिने उनले बताए ।
तस्वीरः आकृत पौडेलको भिडियोबाट ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन