होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान यस वर्ष पनि आइतबारबाट आरम्भ भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका प्रमुख मणिराज लामिछाने र होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले प्रबर्द्धन अभियानका सहभागीलाई पोखरामा विदाई गरेका थिए ।
टोलीमा होटलकर्मी, संचारकर्मी र अन्य पर्यटन ब्यावसायी गरी २० जनाको सहभागिता छ । नेपाल पर्यटन बोर्ड गण्डकीको मुख्य प्रबद्र्धनमा यही फागुन १८ गते देखि फागुन २२ गते सम्म पूर्वी नेपालका जनकपुर, विर्तामोड, इटहरी, बर्दिबास र हेटौंडा जस्ता शहर समेटेर अभियान संचालन गरिंदै छ ।
आन्तरिक पर्यटन विकासको लागि व्यावसायिक सहकार्य र पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य यस कार्यक्रमले लिएको आयोजक संघका अध्यक्ष एबं अभियानका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।
देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको यस अभियानको प्रभाव सकारात्मक पर्दै गएको हामीले पाएका छौं, त्यसैले आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप अभियानलाई निरन्तरता दिएका हौं, अध्यक्ष सुवेदीले भने ।
२०८० चैत ४ गते पोखरा औपचारिक रुपमा पर्यटनको राजधानी घोषणा भएको र गत माघ महिनामा चिनिया पक्षसँगको सहकार्यमा घोषित नेपाल भ्रमण बर्ष २०२५ हाल जारी रहेको सन्दर्भ यो अभियान सुरु भएको हो । यसैगरी पोखरा महानगरपालिकाले समेत फागुन ३ गते पोखरा भ्रमण बर्ष २०२५ घोषणा गरेको थियो । उक्त कार्यक्रमले लिएको सन् २०२५ मा २० लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्य पूरा गर्न जाउँ है पोखरा अभियान सहायक हुने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बताए । पोखराको होटल क्षेत्रमा पाँच खर्ब रुपैयाँ हाराहारीको लगानी रहेको, यस क्षेत्रका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको र यो क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको संघको आँकलन छ ।
आन्तरिक पर्यटन प्रबद्र्धनकै लागि संघले फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सव र खेलकूदका कार्यक्रम समेत गर्दै आएको छ । साथै बाह्य पर्यटन प्रबद्र्धनका लागि भारतीय शहरहरुमा चलिए पोखरा अभियान संचालन गर्ने गरिएको छ । यसैगरी अन्तर्राष्ट्रिय बजारमा हुने विभिन्न ट्राभल मार्टहरुमा समेत संघले सहभागिता जनाउँदै आएको छ ।
यसैबिच प्रबर्द्धन टोलीले आइतबार नै तनहुँ स्थित बन्दिपुर केबलकारको अवलोकन भ्रमण गरेको थियो । संघले सोमबार जनकपुर स्थित होटल वेलकममा बिहान साडे आठ बजे पत्रकार सम्मेलन एबं अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह