स्याङ्जाको वालिङ् खेलमैदानमा प्रथम पिङ्क सिटी महोत्सव कप सुरु भएको छ । वालिङ् चेम्बर अफ कमर्सद्वारा आयोजित प्रथम पिङ्क सिटी महोत्सवको अवसरमा स्याङ्जा जिल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रथम पिङ्क सिटी महोत्सव कप आजदेखि सुरु भएको हो ।
उक्त कपको सुरुवातमा वालिङ् र चापाकोट नगरपालिकाबीच प्रतिस्पर्धा भएको थियो । वालिङ्ले चापाकोट नगरपालिकालाई ३ – १ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । वालिङ्ले चापाकोटमाथी २५ – २३, २७ – २९, २५ – २२ र २५ – १९ को अङ्कले जित हासिल गरेको हो ।
प्रतियोगितामा वालिङ्, चापाकोट, गल्याङ, भीरकोट नगरपालिका र बिरुवा, कालीगण्डकी गाउँपालिकाको सहभागिता रहेको छ । यस प्रतियोगितामा पालिका बाहिरका तीनजना खेलाडी समावेश गर्न पाइने खेल संयोजक उमराज गुरुङले बताए ।
चैत २ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले एक लाख ५५ हजार रुपैयाँ र उपविजेताले एक लाख पाँच हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै, तेस्रो हुने टिमले ५५ हजार र चौथों हुनेले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ नगद र बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट सर्भर, बेस्ट ब्लकर र बेस्ट डिफेन्डरलाई तीन/तीन हजार रुपैयाँ नगद प्रदान गरिने खेल संयोजक गुरुङले बताए ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस