पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १७ ले आजदेखि संङगठन विस्तारका लागि टोल केन्द्रित जरा अभियान सञ्चालन गरेको छ ।
एमालेका नेता तथा कार्यकर्ता एवम् जनप्रतिनिधि सहित जनताको घरघर पुगेर स्थानीय समस्या पहिचान गरि समाधानमा गर्दै पार्टीलाई जनतासंग जोड्ने अभियानमा जुटेका हुन् ।
पार्टी जनसंगठन तथा नयाँ पार्टी सदस्यता विस्तार र नविकरण गर्दै वडा तहमा पार्टीको उपस्थितिलाई मजवुद बनाउने उदेश्यका साथ अभियानमा जुटेको एमाले १७ का वडा अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।
उनका अनुसार कास्की जिल्ला कमिटीको सर्कुलर अनुसार काउसेघारीस्थित हरियाली टोल कमिटीबाट सुरु गरिएको अभियान चैतको ११ गते विरौटा केन्द्रटोल कमिटीमा पुगेर समापन हुनेछ । वडामा कूल १६ वटा टोल कमिटी रहेका छन् ।
अभियानका क्रममा पार्टी नेता तथा कार्यकर्ताको एक टोलीले काउसेघारीस्थित पक्षघात भई लामो समयदेखि विरामी भएका अग्रज नेता चम्पासिंह गुरुङको घरमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो ।
सो अवसरमा गिता गुरुङको अध्यक्षतामा २९ सदस्यीय नेकपा एमाले हरियोली टोल कमिटी काउसेघारी गठन गरिएको छ ।
नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले नवगठित टोल कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै यस क्षेत्रको विकास निर्माणमा पार्टी जिम्मेवार भएर लाग्ने विश्वास व्यक्त गरे ।
पार्टी वडाअध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य एवम् वडा इञ्चार्ज सुभाष ढुङगाना, जनप्रतिनिधि विष्णुमाया भुजेल, स्थानीय सन्तोष गुरुङ, होम बहादुर कुँवर र वडा सचिव उत्तम सिग्देल टोल कमिटी अध्यक्ष गिता गुरुङ लगायतले स्थानीय समस्या, पार्टीको विचार सिद्धान्त र अभियानको उदेश्यबारे जानकारी गराएका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन