स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले विद्यार्थीका शैक्षिक हक, अधिकार र हितका लागि आवाज उठाउने मात्र होइन, असल नेतृत्व उत्पादन गर्ने थलोको रूपमा पनि भूमिका निर्वाह गर्दै आएको छ।
तर, कुनै समय परिवर्तनका मुद्दामा प्रभावशाली भूमिका निर्वाह गरेको स्ववियुको साख पछिल्ला वर्षहरूमा खस्कँदै गएको देखिन्छ। विशेष गरी स्ववियु निर्वाचनमा राजनीतिक दलका नेताहरूको बढ्दो हस्तक्षेपलाई लिएर व्यापक आलोचना भइरहेको छ।
बागलुङस्थित धवलागिरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी संगठनहरू प्रचारप्रसारमा सक्रिय भएका छन्। तर, यो प्रक्रियामा स्थानीय, प्रदेश तथा केन्द्रका नेताहरूको समेत चहलपहल बढेको छ।
त्यसैक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शनिबार धवलागिरी क्याम्पसमा पुगेर नेविसंघका उम्मेदवारसँग भेटे । उनले स्ववियु निर्वाचन जित्ने गरी रणनीति बुन्न नेता तथा विद्यार्थीलाई निर्देशन दिएका छन् ।

धवलागिरी क्याम्पसमा गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक पनि पुगे । उनले पनि अनेरास्ववियुका उम्मेदवारलाई भेटेर शुभकामना दिए । पाठकले पनि अनेरास्ववियुलाई निर्वाचन जित्ने रणनीति बुन्न विद्यार्थी तथा नेताहरुलाई निर्देशन दिएका छन् ।
अझ यस क्याम्पसका पूर्वस्ववियु सभापति नेकपा एमाले गण्डकी प्रदेशका संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपाली पनि अनेरास्ववियुको प्रचारप्रसार समितिको सचिवालयमै बसेर रणनीति बुनेका छन् ।

रणनीति बन्नेमा कांग्रेस प्रदेश सांसद जित शेरचन, दीपेन्द्र थापा, बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठ लगायतका नेता पनि छन् । उनीहरू पनि स्ववियु निर्वाचनको प्रचारप्रसारमा संलग्न भइरहेका छन् ।
आफ्नो पार्टीका भातृसंस्थाका उम्मेदवारलाई जिताउन नेताहरू प्रचारप्रसार लागेका हुन् । उनीहरूको गतिविधिलाई लिएर अहिले सामाजिक सञ्जालदेखि सबैतिर आलोचना भएको छ । विद्यार्थीकाे निर्वाचनमा नेताहरूकाे हस्तक्षेप बढेपछि आलाेचना भएकाे हाे ।
याे क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको कार्यसूची अनुसार आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदै छ । त्यसअघि उम्मेदवार दर्ता भइसकेकाे छ। निर्वाचन नजिकिँदा नेताहरूकाे चहलपहल बढेकाे हाे । याे बागलुङको एक मात्र आंगिक क्याम्पस हाे ।
सम्बन्धित खबर
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
कांग्रेस फुटबाट जोगाउन अब गाह्रो, इतर समूहले पनि सार्वजनिक गर्यो १५औं महाधिवेशनको कार्यतालिका
बालेन नेतृत्वको सरकारलाई ओलीले दिए ‘दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासक’को संज्ञा
रास्वपामा उठ्यो ‘राइट टु रिकल’, दस्तावेज लेख्न महामन्त्री आचार्यको नेतृत्वमा समिति गठन
प्रचण्ड बहुमतको बालेन सरकारबाट पाँच महिनामै दुई मन्त्री आउट
सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ: उद्योगमन्त्री
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला