बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ स्थित कर्णाली नदीमा गत फागुन २९ गते मलामी गएकाहरूले कर्णाली नदी तर्न खोजेको गाई घर फर्किएको छ। गाई स्थानीय साउने सार्कीको घर फर्किएको हो, जसको निधन फागुन २८ गते भएको थियो।
साउने सार्कीको निधनपछि परिवारले उक्त गाई गौदान गरेका थिए। पत्रकारसमेत रहेका स्थानीय धनबहादुर बिसीका अनुसार गाई कर्णाली नदी तर्न नसकेपछि राति नै घर फर्किएको हो।
गाईलाई कर्णाली नदी तर्न प्रहार गरिएको ढुंगा र अन्य असभ्य व्यवहारको आलोचना भएको थियो। गाई केही समय अघि कालिकोटबाट किनेर ल्याइयो र घरमा पालिएको थियो। गाईमाथि अमानवीय, पापी र कष्टपूर्ण हर्कतले स्थानीय समुदायमाथि गम्भीर आलोचना भइरहेको छ ।
घटना के हो ?
साउने सार्कीको शव अन्त्येष्टिका लागि भोलिपल्ट गाउँ नजिकैको कर्णाली नदी किनारको घाटमा लगियो। अन्त्येष्टि सकियो, यही बीचमा मलामी गएकै केही युवाहरू साथमा लगेको गाईलाई नदीमा हेल्न खोजेका थिए।
गहिरो नदीमा हेलिन गाई डरायो तर मलामीमध्ये एक जनाले गाईलाई नदीमा हेल्न धकेले। तैपनि गाई नदीमा पस्न मान्दैन। गाई नदी तर्न खोज्छ पनि तर गहिरो भएकोले सक्दैन। केही पर पुगे पनि किनारामै फर्किन्छ। त्यसपछि गाईमाथि ढुङ्गैढुंगा बर्साइन्छ।
यो भिडिओ पत्रकार बिसीले खिचेका थिए।
कुनै पनि कार्य गर्दा गौदान गर्ने परम्परा छ। बाजुरामा भने फरक र गलत परम्पराले गाईलाई जबरजस्ती नदीमा हेल्ने गरिन्छ। मानिसको मृत्युपछि गाईलाई नदी पार गराए मृत आत्मालाई मोक्ष मिल्छ भन्ने सोच छ। त्यसैका लागि अबोध गाईमाथि कुटपिट गरी नदीमा पठाउने प्रयास भएको थियो ।
पण्डितले पनि दान गरेको गाई लिन मान्दैनन् र अर्कोतर्फ गौदान गरेपछि मात्रै पुन्य मिल्छ भन्ने मान्यता छ । त्यसरी दान गरेको गाई फर्किएर घर पुगे पुन्य प्राप्त हुँदैन भन्ने गलत सोचले गर्दा यो सबै भएको बताइन्छ ।
गाईमाथि कुटपिट गर्दै जबरजस्ती नदी कटाउन खोज्नेहरूको खोजी सुरू भइसकेको प्रहरी बताउँछ ।
सम्बन्धित खबर
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो