पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस (पिएनसी) मा स्ववियू निर्वाचन स्थगित भएको छ ।
अखिल छैटौँका उम्मेदवारको नाम मतपत्रमा रहे पनि मतदान गर्ने कोष्ठक छुटेपछि विरोध सुरु भएको थियो ।
निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले सूचना जारी गरी आजका लागि मतदान स्थगित भएको र भोलि बुधबार बिहान ८ बजेबाट मतदान सुरु हुने जानकारी दिएका छन् । साथै मतपत्रमा उम्मेदवारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएकोमा स्ववियु निर्वाचन समिति गम्भिर रुपले आत्मआलोचित भएको सूचनामा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘पृथ्वीनारायण क्याम्पस, पोखरा मतदान केन्द्रमा स्व.वि.यु. को निर्वाचन आज मिति २०८१।१२।०५ गते विहान ८ बजे मतदान सुरु गर्ने प्रक्रियामा प्रत्यक्ष तर्फको मतपत्रको दोस्रो कोलममा रहेको अखिल (छैठौं) को अध्यक्ष पदको उम्मेदवारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएकोमा स्व.वि.यु. निर्वाचन समिति गम्भिर रुपले आत्मआलोचित भएको छ ।’
उक्त मतपत्र रद्ध गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य सुरु गर्न नसकिएकोले निर्वाचन भोलिको लागि सारिएको अधिकृत पोखरेलले जानकारी दिए ।
अनेरास्ववियु र नेवि संघ क्याम्पस गेटमा नाराबाजीका बीच धकेलाधकेल हुन थालेपछि प्रहरीले स्थिति बिग्रन दिएको थिएन । क्याम्पस गेटमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
समानुपातिकतर्फको मतपत्रमा चिह्न नै समावेश नगरी छापेर निर्वाचन समितिले चुनाव नै प्रभावित गर्न खोजेको भन्दै विद्यार्थी संगठनहरूले विरोध जनाइरहेका छन् ।

पृथ्वीनारायण क्याम्पसमा नौ हजार २७० मतदाता रहेका छन् । स्ववीयु सभापति पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका छन् ।
सभापतिका लागि नेविसंघबाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार हुन् ।
अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले स्ववीयु सभापतिमा उम्मेदवारी दिएका छन् । स्ववीयु सभापतिका लागि कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विप्लवीलाई राष्ट्रिय स्वतन्त्र पार्टी निकट विद्यार्थीले साथ दिएका छन् । कास्कीमा नेकपा माओवादी केन्द्रको गुटगत राजनीतिको प्रभाव विद्यार्थी चुनावमा पनि देखिएको छ ।
पृथ्वीनारायण क्याम्पसमा अहिलेसम्म नेकपा एमाले निकटको अनेरास्ववियुले चुनाव जित्दै आएको छ । अनेरास्ववियुको बिरासत तोड्न अहिलेसम्म अरू संगठनले सकेका छैनन् । यसपटक भने संगठनहरू बिरासत जोगाउने र भत्काउने रणनीतिमा छन् ।
पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीबीच विवाद भएपछि अघिल्लो स्ववियु निर्वाचन पनि हुन सकेको थिएन
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ