पोखराको पृथ्वीनारायण क्याम्पस (पिएनसी) मा स्ववियू निर्वाचन चैत १० गते गर्ने निर्णय गरिएको छ ।
निर्वाचन समितिका अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले सूचना जारी गरी स्थगित निर्वाचन चैत १० गते बिहान ८ बजेबाट सुरु हुने जानकारी दिएका छन् ।

मंगलरबार निर्वाचन हुन सकेन । मतपत्र छपाईमा त्रुटी गर्दा क्याम्पसमा तनाव अवस्था उत्पन्न भएको थियो । त्यसपछि आज बुधबार बिहानका लागि मतदान गर्ने निर्णय गरिएपनि हिजो साँझ अबेर स्थगित गरिएको थियो ।
संयुक्त प्यानलसहित अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरेको कारणले आज हुने भनिएको मतदान स्थगित भएको निर्वाचन अधिकृत प्रा. डा. पोखरेलले बताए ।
नेकपा एमाले निकट अनेरास्ववियुले दिउँसो अल्टिमेटम सहित दबाब दिएपछि क्याम्पस प्रशासन चुनावको मिति घोषणा गर्न बाध्य भएको अनेरास्ववियुका नेताहरुले बताएका छन् ।
कास्कीका ६ क्याम्पसमध्ये ३ क्याम्पसमा हिजो नै मतदान सम्पन्न भइसकेको छ । पश्चिमाञ्चल इञ्जिनियरि क्याम्पस लामाचौर, वन विज्ञान अध्ययन संस्थान र पोखरा नर्सिङ क्याम्पसमा चुनाव भयो । पिएनसँगै जनप्रिय बहुमुखी क्याम्पस र संस्कृत विद्यापीठमा चुनाव हुन सकेको छैन ।
जनप्रियमा अनिश्चितकालका चुनाव स्थगन भएको छ भने संस्कृतमा पनि चैत १० गते गर्ने मिति तय भएको छ ।
सम्बन्धित समाचारः
पृथ्वीनारायण क्याम्पसमा चुनाव अनिश्चित, निर्वाचन अधिकृत नै चुनाव हुन नदिने तत्त्वको हितमा !
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा