पोखरा । कालीगण्डकी बचाऔं अभियानका अभियन्ता तथा संरक्षणकर्मी आर.के. अदिप्त गिरीलाई शुक्रबार सम्मान गरिएको छ।
वातावरण संरक्षणका लागि महाअभियान कास्कीले नागरिक समाज कास्कीको सहयोगमा गिरीको निवास पर्वत, कुश्मामै पुगेर सम्मान प्रदान गरेको हो।
गिरीलाई कालीगण्डकी बचाऔं अभियानमार्फत जनचेतना जगाउनुका साथै प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदा तथा वातावरण संरक्षणमा पु¥याएको उल्लेखनीय योगदानका लागि ‘वातावरण तथा सम्पदा संरक्षण सम्मान’ द्वारा सम्मान गरिएको हो। गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवि शर्माले सम्मानपत्र प्रदान गरे भने अभियानका संयोजक रामबहादुर पौडेलले माला तथा नागरिक समाज कास्कीकी सहसंयोजक दुर्गाकुमारी शर्माले दोसल्ला ओढाएर सम्मान गरे।
मुख्य न्यायाधिवक्ता शर्माले कालीगण्डकी नदीको दोहनलाई दुःखद बताउँदै जल र जीवनको अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गरे। सभ्यताको जननी नदीलाई भावी पुस्तासम्म जस्ताको तस्तै संरक्षण गर्नुपर्नेमा उनले जोड दिए। कुश्मा नगरपालिका कार्यपालिका सदस्य सविता विश्वकर्माले गिरीको अभियानलाई पूर्ण समर्थन रहने बताइन्।
संरक्षणकर्मी गिरीले कालीगण्डकी नदी एकाध व्यक्तिको स्वार्थका लागि कब्जा भइरहेको आरोप लगाउँदै यसविरुद्ध आवाज उठाउनुपर्ने बताए। ‘जीवनको स्रोत नै नदी हो, यसलाई बचाउन सबैले संकल्प गर्नुपर्छ,’ उनले भने।
नागरिक समाज कास्कीकी सहसंयोजक दुर्गाकुमारी शर्माले संरक्षणका योद्धा गिरीलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताइन् भने मानवअधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका महासचिव माधव पौडेलले गिरीको सम्मानले कुश्माबासीलाई जागरूक गराउने विश्वास व्यक्त गरे।
सम्बन्धित खबर
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा