काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखनाथ मन्दिरको दर्शन गरेका छन्। आज गोरखास्थित गोरखनाथ मन्दिरको दर्शन गरेका हुन्।
शाहले आज मन्दिर दर्शन गरेको भिडिओ राख्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको पुनर्स्थापनाको यात्रा सुरु गर्नुअघि गोरखनाथको आशीर्वाद लिनुको ठुलो प्रतीकात्मक अर्थ राख्ने बताएका छन्।
उनले गोरखनाथको आशीर्वाद लिएरै पृथ्वीनारायण शाहले नेपालको एकीकरण यात्रा सुरु उल्लेख गरेका छन्। पूर्वराजा शाह पछिल्लो समय विभिन्न धार्मिक स्थलहरूको भ्रमणमा सक्रिय देखिएका छन्।
गत माघ २७ गते पोखरा उत्रिएका शाह पोखरा र आसपासका शक्तिपीठ घुमेर गत फागुन २५ गते काठमाडौँ फर्किएका थिए।
त्यस दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शाह उत्रिँदा राप्रपा, राप्रपा नेपाललगायत राजावादी दल र समूहले भव्य रूपमा स्वागत गर्दै राजतन्त्रका पक्षमा नाराजुलुस गरेका थिए।
पोखरा भ्रमणमै रहेका बेला प्रजातन्त्र दिवसका दिन फागुन ७ गते १० मिनेट लामो भिडिओ सन्देश जारी गर्दै ‘राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन’ देशवासीलाई आह्वान गरेका पूर्वराजा शाह आफू फर्केको अवसरमा फागुन २५ गते राजावादीहरूले गरेको शक्ति प्रदर्शनबाट हौसिएका छन्।
पूर्वराजाको आह्वानपछि राजावादीहरूको अहिले राजा फर्काउने आन्दोलन घोषणा गरिरहेका छन्।
सम्बन्धित खबर
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु