पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस (पीएनसी) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मत गणना सुरु भएको छ ।
आज सोमबार बिहान ९ बजेबाट मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए ।
आइतबार साँझ बसेको सर्वदलीय बैठकको निर्णय अनुसार आज बिहानबाट क्याम्पसभित्रै मत गणना सुरु गरेको उनले बताए । उनका अनुसार मंगलबार दिउँसो १२ बजेसम्म मत गणना कार्य सक्ने अनुमान छ ।
आइतबार बिहान ८ बजेदेखि ५ बजेसम्म भएको मतदानमा २ हजार ८९७ विद्यार्थी सहभागी भएका थिए । क्याम्पसमा ९२७० मतदाता रहेकोमा ३१.२५ प्रतिशत मात्र मत खसेको हो ।
स्ववीयु सभापति पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका छन् ।
सभापतिका लागि नेविसंघबाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार हुन् ।
अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले स्ववीयु सभापतिमा उम्मेदवारी दिएका छन् । स्ववीयु सभापतिका लागि कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
०६५ पछि यस क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो