पोखरा । बागलुङ उद्योग वाणिज्य संघको १९औँ अधिवेशन नजिकिएसँगै व्यवसायीहरू चुनावमा होमिएका छन् । चैत १५ र १६ गते हुने अधिवेशनबाट अध्यक्ष बन्न पूर्ववरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा (बाबु) र वर्तमान उपाध्यक्ष राजन कुमार शाक्यले मंगलबार छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन् । दुवै जना कांग्रेस निकट हुन् ।
शर्माको प्यानलमा कांग्रेस निकट व्यवसायी र नेकपा एमाले निकट व्यवसायीहरुको समर्थन छ भने शाक्यको प्यानलमा काँग्रेससँगै नेकपा माओवादी, नेकपा मसाल, नयाँ शक्ति, राप्रपा निकट व्यवसायीहरुको समर्थन छ ।
यस्तै, पूर्ववरिष्ठ उपाध्यक्ष शर्माको उद्योगतर्फ सदस्यमा रामप्रसाद शर्मा र भूपेन्द्र खड्काको उम्मेदवारी परेको छ । शाक्यको प्यानलबाट चुडामणी सापकोटा र तृष्णा श्रेष्ठ राजभण्डारी (सुन्दरी) उम्मेदवारी परेको छ ।

महिला सदस्यमा शर्माको प्यानलबाट सविता आचार्य, चादनी श्रेष्ठ र कमला पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् । शाक्यको प्यानलबाट तुलसीदेवी शर्मा, अर्चना कुमारी पालिखे र सृजना राजभण्डारी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
खुल्ला सदस्यमा शर्माको प्यानलबाट श्रीजय श्रेष्ठ, निलेश राजभण्डारी, राजेश भारी, दिपक हमाल, उमेश केसी, बद्रि ढुङगाना, शिवशंकर शाह, रमेश शर्मा, सुदिप सागर कँडेल, युवराज कँडेल, राजु गौतम, गणेश लम्साल, हरि आचार्यको उम्मेदवारी दिएका छन् । शाक्यको प्यानलबाट ऋषिराम गौतम, इन्द्रमणी पौडेल (अर्जुन), नविनकुमार श्रेष्ठ, अर्जुन कँडेल, मनिष राजभण्डारी, चन्द्रराज रेग्मी, खिम कुमार श्रेष्ठ, गोकुल प्रसाद कँडेल, जिवनाथ शर्मा (जीवन), विष्णु अधिकारी, महेन्द्र प्रसाद शर्मा, अकिल बहादुर क्षेत्री (ध्रुव) र नारायण प्रसाद सापकोटाको उम्मेदवारी परेको छ ।
बागलुङ उद्योग बाणिज्य संघमा १ हजार ४ सय १६ व्यवसायी सदस्य छन् । उनीहरुले नै प्रत्यक्ष मतदान गरेर अध्यक्षसहित १९ जना नयाँ कार्यसमिति चुन्ने व्यवस्था छ । महाधिवेशनले आउँदो २ वर्षको लागि संघको नयाँ नेतृत्व चयन गर्ने वर्तमान अध्यक्ष नरेश कंडेलले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’