पत्रकार दिनेश गौतममाथि कुटपिट भएको छ।
शुक्रबार रिपोर्टिङका लागि काठमाडौंको तीनकुने क्षेत्र पुगेका अनलाइनखबर डटकमका पत्रकार दिनेश गौतममाथि राजावादी प्रदर्शनकारीहरूले कुटपिट गरेका हुन्।
राजावादी प्रदर्शनकारीले प्रहरीको अश्रुग्यास हान्ने हतियार खोसेका थिए। पत्रकार गौतमले उक्त फोटो खिचेका थिए।
फोटो खिचेको र सिआइडी भन्दै पत्रकार गौतममाथि प्रदर्शनकारीहरू जाइलागेका थिए।
‘प्रहरीको बन्दुक खोसेर प्रदर्शनकारीले काँधमा बोकेर हिँडेका थिए, मैले त्यो फोटो खिचेको थिएँ,’ पत्रकार गौतमले सेतोपाटीसँग भने, ‘त्यसपछि प्रदर्शनकारीहरूले यो सिआइडी हो भन्दै तीनकुने चौरको डिलमा मलाई धकेलेर लडाए, अनि कुटपिट गरे।’
राजावादी प्रदर्शनकारीहरूले उनको मोबाइल खोस्नुका साथै कुटपिट गरेर खुट्टा भाँचिएका थिए।
‘कुटपिटले मेरो देब्रे खुट्टाको गोलीगाँठानेर भाँचिएको छ, बानेश्वरको एभरेष्ट अस्पतालमा खुट्टा प्लास्टर गरी अनलाइनखबरको कार्यालयमा आएर बसेको छु,’ उनले भने।
आफूलाई कुटपिट गरेर केही परसम्म प्रदर्शनकारीले पछ्याइरहेको उनले बताए।
दुर्गा प्रसाईं नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। राजावादी प्रदर्शनकारीहरू र प्रहरीबीच झडप भएको थियो।
राजावादी प्रदर्शनकारीले तीनकुनेको एक घरमा आगजनी गर्दा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो।
साथै प्रदर्शनका क्रममा गोली लागेका कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो।
सम्बन्धित खबर
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिण्डर एकै पटक भर्न खोज्दा कृत्रिम अभाव
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सुस्तामा भारतीय एसएसबीको दादागिरी, नेपाली भूमि पसेर अस्थायी बाँध भत्कायो
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो
दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो