काठमाडौंको तीनकुनेस्थित निजी घरमा आगो लगाउने व्यक्तिहरू दुर्गा प्रसाईंनिकट अनवरत तत्पर फौज (एटिएफ) का सदस्यहरू रहेको खुलेको प्रहरीले बताएको छ।
राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठित ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमान्डर’ प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। तीनकुने क्षेत्रमा त्यस दिन दुई जनाको मृत्यु भएको थियो।
एभिन्युज टेलिभिनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको घरमा आगजनी गर्ने व्यक्तिहरूको पहिचान भएको पनि प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार आगजनी गर्ने व्यक्तिहरूको पहिचान खुलेको हो।
आगजनी गरेको भिडिओ फेला परेको पनि प्रहरीको भनाइ छ। उक्त घरमा आगजनी गर्नेहरू रामेछाप सुनापति गाउँपालिका १ का २२ वर्षीय सरोज गौतम र अछाम पंचदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाही रहेको प्रहरीको भनाइ छ।
प्रदर्शन हिंसात्मक बनेको थियो। सुरक्षा घेरा तोड्न खोजेको भन्दै प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली चलाएको थियो भने प्रदर्शनकारीहरूले निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी र भाटभटेनीमा लुटपाट गरेका थिए।
प्रहरीले पछिल्लो समय ८२ जनालाई पक्राउ गरी राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ।
तीमध्ये नै तीनकुनेको घरमा आगजनी गर्ने दुई जनाको पहिचान भएको हो। उनीहरू दुवै जना दुर्गा प्रसाईंको फौजमा कार्यरत रहेको खुलेको एसपी बोहराले बताए। उनीहरूले अनवरत तत्पर फौज (एटिएफ) नामको फौज बनाएका थिए। जसमा गौतम प्रवक्ताको जिम्मेवारीमा छन्। शाही भने एटिएफमा सदस्य हुन्।
दुर्गा प्रसाईंले प्रहरीलाई पेलेर गाडी कुदाउँदा गौतम त्यही गाडीमा झुण्डिएर बसेका थिए। शाहीले भने आगजनी सँगै नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा समेत ढुंगामुढा गरेका थिए।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु